रानीखोलामा सडक पुलको शिलान्यास

 

चितवन, १२ कात्र्तिक । भरतपुर उपमहानगरपालिकालाई पहाडी गाविस दाहाखानीसँग जोड्ने उद्देश्यले दाहाखानी स्थित रानीखोलामा सडक पुल निर्माण हुने भएको छ । झण्डै १ करोड ७७ लाख ७३ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुलको चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले शुक्रबार शिलान्यास गरेका हुन् । स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत उक्त पुल बन्न लागेको हो । 14666220_1723019514688365_1891506415347151074_n14666220_1723019514688365_1891506415347151074_n
पुलको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद पोखरेलले पुन निर्माण पछि दाहाखानी गाविस र अन्य पहाडी भेगका स्थानीयले पनि सहज रुपमा यातायात सुविधा पाउनेमा आफू विश्वस्त रहेको बताए ।
२०७४ साल साउन महिनाभित्रमा सक्ने गरी अनिश निर्माण सेवा र लोहनी एण्ड सन्सको सहकार्यमा पुल निर्माण हुन लागेको हो । कुल ३२.४ मिटर लामो उक्त पुल ५.४५ मिटर फराक हुने चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । भ्याट सहित कुल २ कारेड ८३ लाख ८० हजार स्टमेट लगत तयार भएको यस पुल निर्माण कम्पनीले झण्डै १ करोड घटेर टेण्डर पारेको थियो ।