टाँडीको ‘सानोघर’लाई लायन्स रत्ननगरको सहयोग

चितवन, १२ कात्तिक । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले तिहारको अवसरमा अनाथ बालबालिकाको आश्रयस्थल ‘सानोघर’मा खाद्यान्न तथा स्टेर्सनरी सामाग्री बितरण गरेको छ ।

रत्ननगरस्थित टाँडीमा रहेको ‘सानोघर’मा आश्रित अनाथ बालबालिकाहरुका लागी लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको हो ।
रत्ननगर क्षेत्रमा सकृयताका साथ सामाजिक काममा जुट्दै आएका लायन्सका अगुवाहरुले दिपावली पर्वको पुर्वसन्ध्यामा आश्रमका बालबालिकाहरुलाई सहयोग गरेका बताए ।

क्लबका अध्यक्ष लायन सुरेशचन्द्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पुर्व डिष्ट्रीक गभर्नर लायन राजकुमार श्रेष्ठ प्रमुख आतिथ्यता थियो ।

डिष्ट्रीक चिफ लायन दिननाथ न्यौपाने, लायन नारायण प्रसाद शर्मा, सानोघरकी सञ्चालिका बिमला श्रेष्ठ, जोन चियर पर्सन राजकुमार तिवारीको उपस्थितीमा सो सामाग्री बितरण गरिएको थियो ।

लायन दिलिप सुबेदीले संयोजन गर्नुभएको उक्त कार्यक्रम लायन प्रकाश शर्माले सञ्चालन गर्नुभएको थियो ।