ड्रिम्स क्लबद्वारा १३ जना वृद्धलाई सम्मान

चितवन, १२ कात्तिक । भरतपुर १२ कस्तुरी टोलमा रहेको ड्रिम्स क्लबले दिपावलीको अवसर पारेर वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ ।

img_0761

क्लबले सामाजिक काममा काममा अग्रसरता देखाउँदै वृद्धवृद्धाहरुलाई सम्मान गरेको क्लबका अध्यक्ष सागर लामाले बताए । वृद्ध व्यक्तिहरु भनेको समाजका अनुभवी मानिसहरु भएको कारण उनीहरुको ज्ञान, सीप नयाँ पुस्ताले लिएर अगाडि बढ्नुपर्ने लामाको भनाइ थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रभु हाउजिङ एण्ड प्रोपर्टी डिलर्स प्रालिका सञ्चालक तेजबहादुर कार्की केशवले वृद्ध आमाबुबाहरुलाई सबैले आदर सत्कार गर्ने हो भने उनीहरुलाई वृद्धाश्रम लैजानु नपर्ने बताए ।

समाजका ज्येष्ठ नगारिकलाई वृद्धाश्रममा लैजान नहुने बताउँदै सम्मानका साथ परिवारमा नै राख्नुपर्नेमा कार्कीले जोड दिए । उक्त कार्यक्रममा ७३ वर्षदेखि एक सय तीन वर्षसम्मका १३ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा तीन जना पुरुष तथा १० जना महिला ज्येष्ठ नगारिक रहेका छन् । कार्यक्रममा कस्तुरी टोल विकास संस्थाका अध्यक्ष शेखरनाथ सुवेदी, घरेलु टोल विकास संस्थाका अध्यक्ष यम बहादुर कार्की, कस्तुरी टोल विकास संस्थाकी निवर्तमान अध्यक्ष पवित्रा सुवेदी, सचिव कृष्ण गोदार, सम्मानीत व्यक्तिका तर्फबाट दिल बहादुर श्रेष्ठ लगायलते शुभकामना मन्तव्य राखेका थिए । ड्रिम्स क्लबका अध्यक्ष सागर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुजन घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।