मनाङ मस्र्याङ्दीलाई हराउँदै संकटा फाइलनमा

चितवन, १२ कात्तिक । चितवनको नारायणगढमा भैरहेको १२औँ विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ मा आफ्नो अविजित यात्रालाई जारी राख्दै संकटा क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

संकटा क्लब काठमाडौँले मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको अन्तिम सेमी फाइलन खेलमा संकटाको जितको लागि निराजन खड्का र असिम जङ्ग कार्कीले एक एक गोल गरे । प्रतियोगिताको पहिलो हाफ बराबरीमा सकिएको थियो भने दोस्रो हाफको ३१ औँ मिनेटमा संकटाका तर्फबाट निराजन खड्काले एक गोल प्रहार भएको थियो ।

यसको लगत्तै खेलको ३३ औँ मिनेटमा मनाङ मस्र्याङ्दीले गोल फर्काएर खेललाई बराबरी तर्फ लगेको थियो । मनाङले खेलको ३३ औँ मिनेटमा पाएको कर्नरलाई गोलमा परिणत गर्न सफल भएको थियो । विश्वास श्रेष्ठले कर्नर हानेको बललाई अफिज ओलावलेले गोलमा परिणत गर्दै टिमलाई बराबरीमा पु¥याएको थिए । ९० मिनेटको खेलमा दुवै पक्षबाट एक एक गोल भएको थियो भने थपिएको दुई मिनेको अतिरिक्त समयका अन्तिममा संकटाले पाएको फ्रि किकबाट संकटा फाइलनमा प्रवेश गर्न सफल भयो । संकटाका तर्फबाट असिम जङ्ग कार्कीले फ्रि किक प्रहार गर्दै गोल गरेपछि संकटाको फाइनलमा ढोका खुलेको हो ।

शुक्रबारको खेलमा संकटाका असिम जङ्ग कार्की म्यान अफ दि म्याच घोषीत हुँदै १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगिताको उपाधिको लागि संकटा क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । विजेताले तीन लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उप विजेताले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।