वैकुण्ठ टोलको प्रवेशद्वार उद्घाटन

सिर्जना अर्याल
चितवन, १२ कात्तिक । वैकुण्ठपथ टोल विकास संस्थाको मूल प्रवेशद्वारको शुक्रबार उद्घाटन गरिएको छ ।

भरतपुर ५ लंकुमा रहेको वैकुण्ठ टोल विकास पथमा निर्माण गरिएको प्रवेशद्वारको हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीले उद्घटन गरेका हुन् । कार्यक्रममा ज्ञानानन्द सरस्वतीले मानवले स्तुत्य कार्य र व्यवहार गर्न सक्नु पर्ने बताए । सम्पुर्ण प्राणीहरुमा श्रेष्ठ मानव जातिले लोकहितमा गरेका कार्यहरुले नै समाजमा कृति रहने भन्दै ज्ञानानन्द सरस्वतीले परोपकारी कार्यमा लाग्न सबैलाई सुझाव समेत दिएका थिए ।

उक्त कार्यक्रममा दी फेमस महेन्द्र दल गण भरतपुका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटा, सेनानी एक बहादुर सीलवाल, लक्ष्मी बैंकटेश मन्दिर लंकुका मठाधिस १००८ स्वामी नारायणाचार्य, अखण्डबाबालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सल्लाकार रामजी प्रसाद अधिकारीले प्रवेशद्वार निमार्ण सम्बन्धी आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रवेशद्वार निमार्णका लागि विभिन्न व्यक्ति तथा संस्थाद्वारा आर्थिक सहयोग भएको अधिकारीले बताए ।

प्रवेशद्वार निमार्णमा सहयोग गर्ने व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । वैकुण्ठपथ टोल विकास संस्थाका अध्यक्ष फुलनाथ न्युरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

.