विकास रनिङ शिल्ड फुटबलको पहिलो सेमिफाइनल खेलमा आज मोरङ र त्रिभुवन आर्मी क्लब भिड्ने

चितवन, कात्तिक ११ । नारायणगढमा जारी १२ औं टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु हुँदै छन् ।14633518_1403674252993723_3479116522837751576_o
आज हुने सेमिफाइनलको पहिलो खेलमा मोरङ र त्रिभुवन आर्मी क्लब आमुने सामुने हुँदैछन् । खेल दिउसो साढे २ बजेपछि सुरु हुने आयनेजकले जनाएको छ ।
यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा झापा ११ लाई टाईब्रेकरमा तिन एक गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको छ । संकटाले सेमिफाइनलमा मनाङ मस्र्याङदीसंग खेल्नेछ ।