बन्ने भो बढी दुर्घटना हुने मुग्लिङ्गनको कुरिनटारमा ट्रमा अस्पताल

राजेन्द्र आचार्य
चितवन, कात्तिक ११ । सबैभन्दा बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण सुरु भएको छ ।
‘पृथ्वी हाइवे क्राइसिस म्यानेजमेन्ट ट्रमा सेन्टर’ नामाकरण गरि अमेरिकी दूतावासको पहलमा चितवनको दारेचोकस्थित कुरिनटारमा निर्माण सुरु भएको छ । 14681707_873408492796189_638825869419456963_n
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रमा उक्त सेन्टर निर्माण थालिएको हो ।
नेपालस्थित अमेरिकी दूतावासले चितवनको दारेचोकस्थित कुरिनटारमा ट्रमा सेन्टरको अफिस अफ डिफेन्स कोअपरेसनका प्रमुख तथा प्रमुख सेनानी जोसेफ इभान्सले एक कार्यक्रमबीचे शिलान्यास गरेका छन् ।
चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्यधिक सडक दुर्घटना हुने गरेकाले उक्त क्षेत्रलाई केन्द्रित गरी कुरिनटार ट्रमा सेन्टर स्थापना गरेको उनले बताए । 14705636_873408426129529_5283333500220642575_n
दुर्घटना पछि सहज उपचार नहुदाँ धेरैले जयान गुमाएका थिए–विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका समादेशक तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजुराज सुवालले  भने । सेन्टर भनेपछि तत्कालै उद्धारसगै उपचार आम जनताले पाउनेछन् ।
यसअघि दुर्घटना हुदाँ उपचारका लागि जिल्ला सदरमुकाम भरतपुर की काठमाडौं जानु पर्ने बाध्यता थियो ।
करिब १४ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको सो ट्रमा सेन्टर २५ शैया क्षमताको रहेको छ । भने पछि आवश्यकता अनुसार वृद्धि गर्ने दुतावासले जनाएको छ । करिब १ करोड बढी लागनी लाग्ने अुमान दुतवासले गरेको छ ।
निर्माण सम्पन्न भएपछि सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्ने विपद् व्यवस्थापन तालिम केन्द्रका ससस्त्र प्रहरी उपरीक्षक गणेश थापाले जानकारी दिए । अस्पताल दुतावासले आफ्नै प्रविधिबाट गर्ने हस्तान्तरणपछि अमेरिकी केहि चिकित्सक र शसस्त्र प्रहरीका चिकित्सकहरुले अत्धायुनिक उपकरण सहित सेवा दिने दुतावासको भनाई छ ।
                                                                                                                        (तस्वीर : हिरालाल गुरुङ्ग)