सामाजिक सञ्जाल विरुद्ध चितवनमा र्याली

करुणा देवकोटा
चितवन, १० कात्तिक । सामाजिक सञ्जाल विरुद्धको अभियान अन्तर्गत बुधवार चितवनमा वृहत ¥याली निकालिएको छ । सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो ।
ryalliजिल्लाका विभिन्न एक सय ७ वटा संघ संस्था ¥यालीमा सहभागी थिए । सूचना, प्रविधि, एवम् सामाजिक सञ्जालको विकाससँगै यसको दुरुपयोगबाट समाजमा देखा परेका विकृति, विसंगति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसालाई मध्यनजर गर्दै ¥यालीको आयोजना गरिएको हो ।14632812_884412965026729_5419809235258322017_n

चितवनमा क्रियाशिल विभिन्न महिलावादी संघसंस्था, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, समाजसेवी, विभिन्न सामाजिक संघसंस्था लगायतको ¥यालीमा सहभागिता रहेको थियो ।
महिला विरुद्धको हिंसा बढिरहेको सन्दर्भमा सामुहिक ध्यानाकर्षण भई यसको रोकथाम गर्न मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन र थप आवश्यक कानुन, नीति निर्माण एवम् निर्देशनका लागि राज्यका सरोकार राख्ने निकायहरुमा अबिलम्ब निर्देशनको लागि राजयका सरोकार राख्ने निकायहरुमा निर्देशनको माग गर्दै ज्ञापन पत्र समेत बुझाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा ज्ञापन पत्र पेश गरिएको हो ।14720567_884412708360088_7405033246199218895_n
¥यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौं सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 14610875_728131810668086_7666343527984980817_nलोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलको भनाइ छ ।