लुम्बिनी कलेजमा तिहार विशेष कार्यक्रम
गैडाकोट, कार्तिक १० । लुम्बिनी आई सि टि कलेज गैडाकोट २ नवलपरासीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी आई सि टि क्लबले कलेजमा आयोजना गरेको कार्यक्रममा विभिन्न आमन्त्रित कलाकार एवम् कलेजका विद्यार्थीहरूले आरआफ्नो प्रस्तुति पेश गरेका थिए । सांस्कृतिक कार्यक्रममा कलाकारहरू टिकाराम ढकाल, सन्तोष चापागाई, कृष्टी पाण्डे, लक्ष्मी सापकोटा लगायतको प्रस्तुति रहेको थियो । सो अवसरमा कलेजमा अध्ययनरत दोस्रो ब्याचका विद्यार्थीले तेस्रो ब्याचका नवआगन्तुक विद्यार्थीलाई स्वागत समेत गरेका थिए ।
यसअघि कार्यक्रमको औपचारिक समारोहमा कलेजका प्राचार्य प्रताप कोईराला प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रममा कलेजका संयोजक सुलभ अधिकारी, कलेजका बोर्ड सदस्य खिलराज देवकोटा, मिडिया नेपाल चितवनका अध्यक्ष शंकर निर्देश, सचिव सरू दवाडि लगायतको सहभागीता रहेको थियो । लुम्बिनी आई सि टि क्लबका सहसचिव विदुर कुईकेलले संचालन गर्नुभएको सो कार्यक्रम क्लबका अध्यक्ष प्रकाशदिप पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।