सकियो ‘पञ्चायत’को छायाँकन, अब छिटै दर्शक माझ आउने

चितवन, १० र्काित्र्तक । गत असोज ८ गते मुर्हतसँगै छायाँकन सुरु भएको चलचित्र ‘पञ्चायत’ले आफ्नो छायाँकन सकेको छ । चलचित्र ‘पञ्चायत’ले आफ्नो छायाँकन २० दिनको सेडुलमै सकेको हो । प्राय चलचित्रहरु थोरैमा पनि २५/३० दिन लगाएर छायाकन गरिन्छ तर चलचित्र ‘पञ्चायत’ले आफ्नो छायाकन निकै थोरै समयमा सक्काएको छ ।panchayata-ko-1

‘दैनिक १८ घन्टासम्मको सेडुलमा काम गरेर छोटो समयमा फिल्म प्याकअप भएको कार्यकारी निर्माता रबि अधिकारी बताउछन् । उनी थप्दै भन्छन,”त्यसैले अन्य चलचित्र भन्दा समय कम लागेको हो ।” panchayata-11बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण परिवेशमा खिचिएको फिल्मले ५० बर्ष पुरानो कथा बोकेको छ । जसलाई जिवन्त देखाउन ग्रामिण क्षेत्रमै फिल्म खिचिएको हो ।panchayata-ko

सरोज खनाल, निता ढुङगाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वनलगायतको अभिनय रहेको उक्त चलचित्र लाई शिवम अधिकारीले निर्देशन गरेका हुन । सुशान्त श्रेष्ठ र शंकर सुवेदीको निर्माण रहेको चलचित्रमा मेनुका ढुङगाना सहनिर्माताको रुपमा रहेकी छन् भने चलचित्रका प्रस्तुतकर्ता कलाकार गणेश गिरी हुन् ।

Promise Education Consultancy