किर्ते कागज गरेर फरार भएका दिपक पौडेल पक्राउ

नवलपरासी, कात्तिक १० । इलाका प्रहरी कार्यालय नवलपुरले २ वर्षअघिदेखि फरार रहेका दिपक पौडेललाई पक्राउ गरेको छ। जिल्ला अदालत नवलपरासीले २०७१ साल ९ महिना ९ गते पौडेलमाथि १ वर्ष कैद र ८० हजार जरिवाना फैसला गरेको थियो।title-ilaka_j4ktabdj8o उनले किर्ते कागज गरेका थिए। कावासोती १३ शिव मन्दिर बस्‍ने ३६ वर्षका दिपक पौडेल अदालतको फैसलापछि फरार थिए। इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि राजेश थापाले उनलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन्। दिपकलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। केही दिनअघि मात्रै इलाका प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करणी गरि फरार रहेका २ जनालाई प्रकाउ गरि जिल्ला अदालत पेश गरेको थियो।