अबैध रुपमा ल्याउदै गरेको कुखुरा शसस्त्र प्रहरीद्धारा नष्ट (तस्वीरसहित)

रबिन्द्र यादव
नवलपरासी, कार्तिक १०। नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शसस्त्र  प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी को टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्ट का सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको रोहबरमा नष्ट गरेको छ ।14872688_663921340432993_1173696873_n

शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी का इन्सपेक्टर पदम बहादुर पुन अनुसार विशेष सुराकीको अधारमा कुखुरा पक्राउ गरिएको बताउदै कुल कुखुरा तौल अन्दाजी तीन क्विन्टल रहेको समेत जानकारी दिनु भएको छ ।14826236_663922310432896_851470117_n

नवलपरासीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्र बाट अबैध रुपमा कुखुराको चल्ला र कुखुराहरु भित्रने गरेको समाचार विभिन्न संचार माध्यम मा आएपछि सिमा क्षेत्रमा चेकजामा तिब्रता देखाएको छ । gggggggggggअहिले पनि जिल्लाको कतिपय नाकाबाट अबैध रुपमा कुखुरा र कुखुराको चल्ला प्रहरीको मिलोमतोमा नेपाल भित्रने गरेका स्थानियहरुले बताउछन् ।vv

.