गुटगत भावना त्यागेर एमाले बलियो बनाउन लागौैँ : नवनिर्वाचित अध्यक्ष पोखरेल (पुरा विज्ञप्तीसहित)

चितवन, १० कार्तिक । नेकपा (एमाले) चितवनका नवनिर्वाचित अध्यक्ष कृष्णभक्त पोखरेलले पार्टीलाई बलियो वनाउन जिल्ला अधिवेशनबाट पारित योजनाहरुलाई दृढतापूर्वक लागू गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आज (बुधबार) विज्ञप्ति जारी गरी वैचारिक रुपमा सुस्पष्ट, सांगठानिक रुपमा मजवुत र एकतावद्ध संगठन निर्माण गरी अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । “नेकपा (एमाले) बलियो भयो भने मात्र मुलुकको विकास र जनताको समृद्धि सम्भव छ । तसर्थ जिल्ला अधिवेशनबाट पारित योजनाहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा दृढतापूर्वक लागू गरौं भन्ने अनुरोध गर्दछु”– विज्ञप्तिमा भनिएको छ । 14670599_1254278091280660_5160140097176808664_n

 

निर्वाचनमा सफल हुन नसकेका जिल्लाका नेताहरुलाई पार्टी कामको आवश्यक जिम्मेवारीहरु यथाशिघ्र दिईने अध्यक्ष पोख्रेलले जनाउनुभएको छ । जिम्मेवारी विभाजनमा कुनै गुटगत भावना प्रतिविम्वीत हुन नदिने पोखरेलको धारणा छ । “कमिटीमा पर्न सफल नहुनु भएका पार्टीका नेता कमरेडहरुलाई कुनै गुटगत भावना नराखी यथासम्भव छिटो योग्यता, क्षमताअनुसारको जिम्मेवारी प्रदान गरिने छ । cpnumlचुनावको बेला देखिएको समूहगत भावनालाई समाप्त गरी, हारजीतको भावना नलिई एकतावद्ध भई अगाडि बढ्नका लागि सबै कार्यकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछु ।”– विज्ञप्तिमा भनिएको छ ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले नवौं जिल्ला अधिवेशन सफल पार्न सहयोग पु¥याउने सबैमा धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै विज्ञप्ति मार्फत उहाँले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्नुभएको छ ।
(पुरा विज्ञप्ती यस्तो छ पढौं )

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जिल्ला कार्यालय चितवन

मिति :२०७३।०७।१०

प्रेस विज्ञप्ति

नेकपा (एमाले) चितवनको ऐतिहासिक नवौं जिल्ला अधिवेशन अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन भएको छ । अधिवेशनले मलाई चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ । मलाई निर्वाचन गर्न सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । जिल्ला कमिटीमा निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य, लेखा एवम् निर्वाचन समितिका पदाधिकारी एवम् सदस्यहरुमा हार्दिक बधाई व्यक्त गर्दछु । यस अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने केन्द्रीय नेताहरु, अध्यक्ष मण्डलका अध्यक्ष एवम् सदस्यहरु, निर्वाचन आयोग र निर्वाचन समितिका सदस्यहरु सञ्चारकर्मी मित्रहरु, स्वयम्सेवक मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, स्टार व्याङ्क्वेट होटल व्यवस्थापनका मित्रहरु सबै प्रति आभार व्यक्त गर्दछु ।
निर्वाचनका माध्यमबाट नयाँ कमिटी चयन गर्ने क्रममा कमिटीमा पर्न सफल नहुनु भएका पार्टीका नेता कमरेडहरुलाई कुनै गुटगत भावना नराखी यथासम्भव छिटो योग्यता, क्षमताअनुसारको जिम्मेवारी प्रदान गरिने छ । चुनावको बेला देखिएको समूहगत भावनालाई समाप्त गरी, हारजीतको भावना नलिई एकतावद्ध भई अगाडि बढ्नका लागि सबै कार्यकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछु ।
वैचारिक रुपमा सुस्पष्ट र सांगठानिक रुपमा मजवुत र एकतावद्ध संगठन निर्माण गरेर मात्र पार्टीलाई मजवुत बनाउन सकिन्छ र नेकपा (एमाले) बलियो भयो भने मात्र मुलुकको विकास र जनताको समृद्धि सम्भव छ । तसर्थ जिल्ला अधिवेशनबाट पारित योजनाहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा दृढतापूर्वक लागू गरौं भन्ने अनुरोध गर्दछु ।

(कृष्णभक्त पोखरेल)
अध्यक्ष

.