कार्कीविरुद्धको महाअभियोगको प्रस्तावलाई चाडो किनारा लगान भरतपुरमा प्रदर्शन

चितवन, १० कात्र्तिक । संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोगको पक्षमा लाग्न सांसदहरुलाई अपिल गर्दै मंगलबार साँझ भरतपुर चौबिसकोठी चोकमा प्रदर्शन भएको छ ।

‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलान्स’ चितवनले प्रदर्शनको आह्वान गरेको थियो । प्रदर्शनमा राजनीतिककर्मी, पेसाकर्मी, चिकित्सक र सर्वसाधारण सहभागी थिए ।ggg
एलान्सले यसअघि डा।केसी अनशनमा बसेका बेलामा चौबिसकोठी चोकमा प्रदर्शन गर्दै आएको थियो । ‘संसदमा कार्कीमाथि महाअभियोग दर्ता हुनु सकारात्मक पक्ष हो । त्यसमाथि चाडोभन्दा चाडो छलफल भएर पारित गर्न विलम्ब गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ’ एलाइन्सका संयोजक अमर घिमिरिेले भने । प्रदर्शनले जनस्तरमा सन्देश फैलाउन र सांसदहरुलाई संवेदनशील हुन मद्धत गर्ने उनले बताए ।
मेडिकल शिक्षामा सुधारको माग राखेर नवौं पटक अनशन बसी सकेका डा।गोविन्द केसीले आठौ अनशनका बेलामा अख्तियार प्रमुख कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग पनि थपेका थिए । मेडिकल शिक्षामा बेथिति बढाउन अख्तियार प्रमुख कार्कीले भूमिका खेलेको दृष्टान्त दिँदै डा।केसीले त्यस्तो माग गरेका थिए ।
तर, डाक्टर केसीको सो मागलाई तुक नभएको भनेर विरोध गर्नेहरु पनि प्रसस्तै थिए । ‘संसदमा महाअभियोग प्रस्ताव दर्ता हुनुले डाक्टर केसी गलत रहेनछन् भन्ने प्रष्ट भएको छ । संसदमा प्रस्ताव दर्ता हुनु स्वागतयोग्य छ’ एलाइन्समा आवद्ध नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा।कृष्णप्रसाद पौडेलले भने । डा।पौडेलले पनि महाअभियोगको विषयलाई चाडो किनार लगाउन अपिल गरे ।
छोटो सूचना र अपिलको भरमा प्रदर्शनमा सर्वसाधरणको उत्साहप्रद सहभागिता देखिएको आयोजकहरुको भनाइ छ । ‘लोकतान्त्रिक चरित्र नभएको, प्रतिसोधको आधारमा कारबाही गरेर बेथितिलाई बढवा दिएका लोकमानको पक्षमा कोही जाँदैनन् भन्ने हामीलाई आशा छ । हाम्रो विश्वास जन प्रतिनिधिहरुबाट तोड्ने काम नहोस्’ चिकित्सक संघ चितवनका अध्यक्ष डा।कृष्णप्रसाद केसीले भने ।
महाअभियोगको पक्ष लागेर लोकमानलाई संरक्षण गर्ने संकेत आएमा चितवनमा ठूलाभन्दा ठूला प्रदर्शनहरु गरेर कारबाहीको लागि दबाब दिने अभियानमा आफूहरु रहेको डा।पौडेलले बताए । सत्तारूढ माओवादी र प्रमुख प्रतिपक्ष एमालेका सांसदहरुको सक्रियतामा संसदमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको हो ।
तर, देशको मुख्य दल नेपाली कांग्रेसले महाअभियोगको विषयमा कुनै औपचारिक निर्णय लिएको भने छैन । संसदमा दर्ता भएको महाअभियोग पारित हुन दुई तिहाइ मत चाहिन्छ । अर्थात नेपाली कांग्रेसको समर्थन बिना महाअभियोग प्रस्ताव पारित भएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही हुने सम्भावना छैन । कांग्रेसभित्र महाअभियोगको पक्षमा भन्दा हाल विपक्षमा महौल छ ।