सुक्दैछन् निकुञ्जका ताल

राजेन्द्र आचार्य
चितवन, १० कात्र्तिक । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका प्राकृतिक ताल तलैयाहरु दिन प्रतिदिन सुक्दै लोप हुने अवस्थामा पुगेका छन् । विश्व सम्पदा सुचिमा सुचिकृत जैविक विविधताको खानिको रुपमा परिचित निकुञ्जका तालहरु सुक्दै जाँदा अहिलेसम्म पनि संरक्षणकर्मी एवम् सरोकारवाला हरुले चासो दिएका छैनन् । 14697216_555500467969212_1793286946_o
जसका कारण ती तालहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । निकुञ्जको कोर एरिया र मध्यवर्ति क्षेत्रमा गरेर पाँच दर्जन भन्दा बढी साना ठूला तालहरु रहेको निकुञ्जमा अभिलेख छ तर पनि अहिले बिसहजारी, नन्दभाउजु, तमोर र लामी तालमा मात्रै केही भागमा पानीको मात्रा देखिन्छ । यी तालहरु समेत अहिले साँघुरिदै र पुरिदै गएका छन् । यस्तो अवस्था आउँदा समेत अहिले कसैले पनि यो तालहरुको संरक्षणमा चासो दिएका छैनन् । निकुञ्जमा रहेका देवि ताल, सानो लामी ताल, गरुड ताल, कमल ताल, थपलिया ताल त संकटमा परेको त्यहाँ पुग्ने जो कोहीले पनि सजिलै देख्न सक्छ । समयमै तालको सरसफाई र संरक्षणको अभावका कारण वर्षेनि ती ताल सुक्दै घाँसे मैदानमा परिणत भैरहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढुङ्गानाले भने–‘बिसहजारी ताल त मृगकुञ्ज मार्फत सरसफाई सुरु गरेपनि अरु तालको संरक्षणमा कसैले चासो नदिएको बताए । 14570365_555262074659718_8969075502995603446_n
निकुञ्जको प्राकृतिक सौन्दर्य एवम् सिमसार क्षेत्रको रुपमा परिचित ती तालहरु सरसफाई र संरक्षणकोे अभाव साथै जलवायु परिर्वतनको असरका कारण कुरुप बन्दै गएका छन् । निकुञ्ज भित्रका मण्डा ताल, अजिङ्गरे ताल, लगुना ताल, गरुड ताल, सानो लामी ताल र थपलिया तालमा वर्षाको समयमा मात्र पानी हुने र अन्य समयमा दलदले हिलो मात्र हुने निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादवले जानकारी दिए । “यदि समयमै यसतर्फ सराकारवालाहरुले ध्यान नदिने हो भने निकुञ्ज तालविहिन हुने छ, अनि यहाँको जीवजन्तुलाई समेत लोप बनाउने छ”–उनको भनाइ छ ।
करिब तीन किलोमिटर सम्म लम्बाइ भएका तालहरु अहिले छ सय मिटरसम्म छोटिदैँ छन् । जसको पछिल्लो उदाहरण विश्व सम्पदा सूचिमा सूचिकृत बिसहजारी ताललाई लिन सकिन्छ । जहाँ वर्षेनि करौँते झार, जलकुम्भी झार मौलाउँदै गएको छ । नौ सय बत्तिस वर्ग किलोमिटरमा फैलिएको नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रुपमा समेत परिचित छ चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका चरा चुरुङ्गी जीव जनावरहरुको पानीको स्रोत नै तालहरु भएकोले यदि तालको संरक्षण नभए जीव जन्तुलाई समेत असर पार्ने चराविद् टिका गिरीले बताए । 14724367_555262887992970_5481668050319592940_n
अझ त संरक्षित जलचर सँगसँगै विश्वमा नै दुर्लभ मानिएको एक सिङ्गे गैँडा, पाटे बाघ, बन हात्ति, गोही जस्ता जीव जन्तुलाई ताल सुक्नाले बढी असर पारेको छ । विशेष गरी निकुञ्ज घुम्न आउने पर्यटक एवम् मानिसहरुले फालेका प्लाष्टिकजन्य फोहोर, सिसाको बोत्तल र अन्य विविध कारणले थप कुरुप बनेको प्रष्टै देख्न सकिन्छ । जलचर र थलचर जीव जन्तु मात्र नभएर ठूला ठूला जनावरहरु गैँडा र बाघको पानी खाने र आहाल खेल्ने तालहरु सुक्दै गएकोले वन्यजन्तु सँगसँगै निकुञ्जको पर्यटन व्यवसायलाई समेत असर पारेको क्षेत्रिय होटल संघ सौराहाका उपाध्यक्ष भेष राज दुवाडीले बताए ।
निकुञ्जको प्राकृतिक तालहरु संकटमा पर्दा समेत मुखदर्शक मात्र नभइ कृत्रिम तालहरुको समेत निर्माण गरेर वन वन्यजन्तुको संरक्षण गर्न जरुरी रहेको विज्ञहरुको भनाई छ । गीतानगर गाविसको देवनगर छेउ र पूर्व–पश्चिम राजमार्गको टिकौली वन कार्यालयबाट पश्चिम करिब तीन किलोमिटरको दूरीमा रहेको यो तालले करिब ३२ हजार हेक्टर क्षेत्रफल ओगटेको छ ।14702225_555261657993093_3946421386334011307_n
तालको वरिपरि साल तथा मिश्रित वनसमेत हुनाले रैथाने तथा बसाइँसराइ गरेर आउने चराका लागि समेत महत्वपूर्ण मानिन्छ । यहाँ आठ हजारिया, सोह्र हजारिया, सत्र हजारिया, अठार हजारिया भनिने अन्य साना तालहरूसमेत छन् ।
प्रारम्भिक सर्भेक्षणबाट यहाँ १७ प्रजातिका माछा, १ सय ३१ प्रकारका वनस्पति, १३ जातिका सरिसृप, १२ जातिका स्तनधारी जन्तु र दुई सय ७३ प्रजातिका चरा पाईएको छ । ति मध्ये ६० प्रजातिका त सिमसार मै आश्रित पर्छन् । करिब १९ प्रजातिका दुर्लभ श्रेणीका चरा छन ।
बसाइ सरेर आउने चराका निम्ति आराम गर्ने तथा यात्रा छोट्याउने स्थलको रूपमा समेत यो ताल रहेको छ । यहाँ पाइने मध्ये ६० प्रजातिका चरा यही तालमा आश्रति छन् ।
तीमध्ये १९ प्रजातिका दुर्लभ श्रेणीका मानिन्छन् । जाडोमा बसाई सरेर आउने तथा गर्मी याममा ससाना धाप र खोल्साको पानी सुक्ने हुनाले टाढा टाढाका चरा पनि पानीका निम्ति यही धाउंछन् ।
पछिल्लो समयमा तालमा जलकुम्भी, करौते र अन्य मिचाहा प्रजातिका झारका कारण ताल खाधुरिदै गएको थियो । जसका संरक्षणकर्मीहरु चिन्तित बनेक थिए ।

.