भरतपुर अस्पतालको आफ्नै फार्मेसी सञ्चालन

चितवन, ०९ कार्तिक । भरतपुर अस्पतालले अस्पताल हाता भित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले फार्मेसीको उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो ।Bharatpur hospital

भरतपुर अस्पताल भित्र राज मेडिकलका नाममा सञ्चालित मेडिकल हटेपछि अस्पतालले हाललाई ४ सय प्रकारका औषधीहरु राख्ने गरी फार्मेसी सञ्चालनमा ल्याएको हो । अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा औषधीहरु बिरामीहरुलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । हामी छिट्टै अन्य प्रकारका औषधीहरु पनि ल्याएर जनतालाई सर्वसुभल तरीकाले औषधी उपलब्ध गराउछौं अस्पतालका मेसु डा. मरासिनीले भन्नुभयो,“ सवै चुनौतीहरुलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौं” अघिल्लो बर्ष साउन १ गतेबाट देशभरका हरेक सरकारी अस्पतालले अस्पताल भित्रको फार्मेसी आफैले सञ्चालन गर्न निर्देशन दिएको थियो ।