हिमालयन शेर्पा लाई हराउदै त्रिभुवन आर्मी सेमिफईनलमा

शिव आचार्य
चितवन, ०९ कात्र्तिक । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लव सेमीफाईनलमा प्रवेश गरेको छ ।
आज (मंगलबार) भएको क्वाटरफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई १ का विरुद्ध २ गोल गर्दै त्रिभुव आर्मी क्लब सेमिफाईनलमा प्रवपेश गरेको हो । 14804845_239833126432004_1425541907_n
खेलको ११ औ मिनेटमा टेकबहादुर बुढाथोकीले पहिलो, आशिष आशिष शाक्यले खेलको ३६ औ मिनेट र त्रिभुव आर्मी क्लबकै राजु आले मगरले दोश्रो हाफको २ मिनेटमा आम्तमीघाती गोल गरेको प्रसारप्रसार समितिका संयोज सिद्धाथृलाल चुकेले जानकारी दिए । भने प्रतियोगितामा त्रिभुवन आर्मी कलबका विकास मल्ल म्यान अफ दी म्याच भई नगद १० हजार रुपैया पुरस्कार पाए । यसअघि ब्याईज युनियनलाई हराउदै हिमालय शेर्पा क्बाटर क्वाटर फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङदी क्लव काठमाण्डौं, हिमालयन शेर्पा क्लव, संकटा क्लव, विभागि टिमहरु नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, सिक्कम–११ भारत, एपेक्स फुटबल क्लव कालिमपोङ भारत, युनाईटेड खर्साङ फुटबल क्लव भारत, युनाईटेड क्लव सिवान भारत, झापा ११, हिमालयन युथ क्लव कैलाली, मोरङ फुटबल क्लव, साहारा क्लव पोखरा र चितवन–११ को सहभागिता रहेको छन् ।