वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीलाई विदाई तथा सम्मान

चितवन, ०९ कात्र्तिक । रत्ननगर उद्योग वाणिज्य संघ र कुखुरा व्यवसायी संघ, पूर्वी चितवनको संयुक्त आयोजनामा सिन्धुली सरुवा भएका जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीलाई रत्ननगरमा सम्मान तथा विदाई गरिएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले डा. रामकुमार कार्कीले चितवनमा ३ बर्ष रह“दा पशु क्षेत्रको उच्चतम विकासका लागि कार्य गर्दै पोल्ट्री व्यवसायको प्रवद्र्धन एंव राष्ट्रिय पोल्ट्री दिवसको अवधारणा ल्याउनु भई कार्यक्रमको थालनीका साथै रत्ननगर महोत्सव अन्तर्गत पशुपंक्षी क्षेत्रको व्यावसायिक विकासका लागि विभिन्न कार्यक्रम संचालनका लागि सहयोग तथा पहिलो पटक चिकेन एण्ड एग फेष्टिबल आयोजना गर्न विशेष भूमिका निर्वाह गर्नुभएकोमा प्रंशसा सहित आभार व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम के.सीले विगत ३ वर्षको कार्यकालमा पशुपंक्ष्ँी क्षेत्रको विकासका लागि जिल्ला पशु सेवा कार्यलयको तर्फबाट राम्रो भूमिका रहेको र विशेष गरि डा. रामकुमार कार्कीको सक्रियता सदैव सम्झनायोग्य रहने विश्वास व्यक्त गर्नुभएको थिया । साथै राष्ट्रिय पोल्ट्रि दिवस र चिकेन एण्ड एग फेष्टिबलको सफल आयोजनाका लागि संस्थागत एंव व्यक्तिगत तर्फबाट डा. रामकुमार कार्की र रत्ननगर उद्योग वाणिज्य संघले खेलेको भूमिको प्रसंशा गर्नुभएको थियो ।

यसै गरि कुखुरा व्यवसायी संघ, पूर्वी चितवनका अध्यक्ष एंव रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले आफ्नो कार्य कौशलका कारण डा. राम कुमार कार्की प्रत्येक व्यक्ति, संघ–संस्थाको मन मस्तिष्कमा बस्न सफल भई सबैको प्रिय पात्र हुनुभएको र राज्यले दिएको नीति निर्देशनलाई पालनका गर्दै आगामी दिनहरुमा सफल हुने शुभकामना व्यक्त गर्दै आपसी सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । यसै क्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष र कुखुरा व्यवसायी संघ, पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्टले संयुक्त रुपमा डा. रामकुमार कार्कीलाई फूलमाला सहित दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।img_1936
विदाईको अवसरमा आयोजित कार्यक्रमा बोल्दै डा. रामकुमार कार्कीले आफ्नो ३ वर्षको कार्यकालमा चितवनबाट धेरै कुराहरु सिक्ने अवसर मिलेको जानकारी दिदैं सम्पूर्ण शुभचिन्तक एंव प्रसंशक जिल्लावासी कृषक तथा उद्योगी व्यवसायीको माया, सद्भाव र समिप्यताका कारण आफु सफल भएकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । पोल्ट्रिको राजधानी चितवन जिल्ला कृषि क्षेत्र अन्र्तगत पशुपंक्षी क्षेत्रको व्यावसायीक विकासका क्रममा अण्डा, दुध र कुखुराको मासुमा आत्मानिर्भर रहेको तथ्याङ्क सहित घोषणा गर्ने योजना अधुरो रहेकोले आगामी दिनमा सम्पूर्ण जिल्ला बासीको साथ, सहयोगमा जिल्ला पशु सेवा कार्यालयका नवनियुक्त प्रमुखले गर्नुहुने विश्वास व्यक्त गर्नुभएको थियो । नेपालमा नै पहिलो पटक गरिएको राष्ट्रिय पोल्ट्री दिवस र चिकेन एण्ड एग फेष्टिबलको सफलताको श्रेय रत्ननगरको उद्योग वाणिज्य संघलाई दिंदै संघको सहकार्य एंव व्यवस्थापनको चर्चा गर्दै रत्ननगर महोत्सव देशभर गरिने महोत्सवहरु मध्ये उत्कृष्ट रहेको विचार प्रकट गर्नुभएको थियो । साथै पशुपालनलाई व्यवसायिक बनाउन चितवनका पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै चितवनको पत्रकारितालाई सबैले सम्मान गर्नुपर्ने बताउ“दै आफुले पदिय दायित्व निर्वाह गर्ने क्रममा भएका क्रुटिहरु प्रति क्षमायाचना गर्दै आफ्नो कार्यकाल सफलताका साथ सपन्न गर्न सहयोग गर्नुभएकोमा सम्पूर्ण निजी क्षेत्र प्रति आभार प्रकट गर्नुभएको थियो ।
रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशवनारायण श्रेष्ठ, पदाधिकारी, कार्यसमिति सदस्यहरु, वस्तुगत समिति, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्यहरु लगायतको सहभागीता रहेको कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले किसानहरुको समस्या बुझेर कार्य गर्न सक्ने कुशल व्यक्तित्वसंग नजिकिने अवसर पाएकोमा खुशी व्यक्त गर्दै उहा“को अमूल्य विचार एंव कार्यशैलीका कारण पूर्वी चितवन क्षेत्रमा पशुपंक्ष्ँी क्षेत्रको विकासमा उत्कृष्ट योगदान रहेको बताउदै आगामी दिनमा पनि सफलता एंव उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।