‘गुणस्तरीय कार खरिदको विकल्प युरो अटोमोटिभ’

प्रस्तुती : शिव आचार्य 

चितवनमा पछिल्लो पटक कारका पारखी ग्राहकहरु बढ्दै गएका छन् । जसका कारण जिल्लामा नयाँ नयाँ मोडलका कारहरुको अत्याधुनिक शोरुम खोल्ने क्रम पनि बढेको छ । यसै क्रममा चितवनका युवाहरुले संयुक्त रुपमा लगानी गरी युरो अटोमोटिभ सञ्चालनमा ल्याएका छन् । rabin-euro-auto-3जुन संस्थाका प्रबन्ध निर्देशक हुन्– रविन श्रेष्ठ । वि.सं. २०३० साल साउन १७ गते चितवनको पिठुवा जौबारी टोलमा जन्मिएका रविन अटो क्षेत्रका स्थापित व्यवसायी हुन् । स्नातक तहसम्म अध्ययन गरेका उनले पेट्रोल पम्प, मोटरसाइकल शोरुम, रिकन्डिसन हाउस हुँदै संयुक्त रुपमा युरो अटोमोटिभ सञ्चालन गर्न आइपुगेका हुन् । नारायणगढको विग बजारसमेत सञ्चालन गरिसकेका उनले अटो क्षेत्रमा नयाँ शैलीका साथ आएको बताउँछन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले विदेशमाभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले साथीहरुको संयुक्त लगानीमा सुरु गरिएको युरो अटोमोटिभ सञ्चालन गरेका हुन् । प्रस्तुत छ यसै सन्दर्भमा रहेर गरिएको कुराकानी–
१. युरो अटोमोटिभ कस्तो संस्था हो ?
अटो मोवाईबल क्षेत्रमा एक दशक बढी अनुभव सगालेका युवाहरु संयुक्त लगानीमा युरो अटोमोटिभ सञ्चालित संस्था पनि हो । चितवनमा पछिल्लो पटक कारका पारखीहरु बढेका छन् । जसका लागि चितवनमा गुणस्तरीय र उत्कृष्ट ब्राण्डका कारहरु बिक्रि वितरण तथा सर्भिस दिने संस्था हो । हामी सामूहिक लगानीमा सञ्चालित अटो क्षेत्रको नमुना संस्था पनि भन्न रुचाउँछौं ।rabin-euro-auto-2
२. यहाँ कुन–कुन व्राण्डका कारहरु बिक्रि वितरण हुन्छन् त ?
हामी गुणस्तरीय कारहरुको बिक्रिकै लागि स्थापना भएका हौं । यहाँ ईटलियन ब्राण्डको फियाट् र चेक रिपब्लीकको स्कोडा व्राण्डका कार तथा जीपहरु बिक्रि वितरण गर्दछौं । जसका लागि सेल्स, सर्भीस् र स्र्पेयस् पाट्र्ससहित एकै ठाउँमा अत्याधुनिक शोरुम भरतपुरको एयरपोर्ट अगाडी रहेका छौं ।
३. इटलियन ब्राण्डको फियाट् र चेक रिपब्लीकको स्कोडा व्राण्डका गाडीहरु कस्ता गाडीहरु हुन् ?
सुरक्षित आरमदायी, नेपाली सडक सुहाउदो, युरो मापदण्ड पुरा भएको र नेपाली ग्राहकवर्गहरुका लागि सुहाउदो गाडीहरु हुन् । फियाट् ब्राण्डका पुन्टो पियोर, पुन्टो इभा, एभेनचुरा, लिनिया कारहरु डिजल तथा पेट्रोल दुवैमा उपलब्ध छन् । भने स्कोडा ब्राण्डका ¥यापिड, यति, अक्टाविया, सुपरब लक्जरियस गाडी छन् । जुन डिजल तथा पेट्रोल दुवैमा उपलब्ध छ ।
४. यी गाडीका विशेषताहरु के–के छन् त ?
सुरुमा हामी फियाट् ब्राण्डको कुरा गर्दा यो आर्कषक मोडलमा उत्कृष्ट माईलेज, हाई ग्राउण्ड क्लियरेन्स्, निम्न वर्गका ग्राहकवर्गहरु किन्न सक्ने नै यसको प्रमुख विशेषता हो । यो गाडी २२ लाख ८९ हजार देखि ४३ लाख ७५ हजार सम्म मुल्य पर्ने रहेको छ । यि गाडी चार सिलिन्डरमा उपलब्ध रहेको छ । यसमा इलेक्ट्रिक बुट ओपन, अटोम्याटिक एअर–कन्डिसनिङ, सफ्ट टच फ्रन्ट ड्यासबोर्ड, रियर एसी भेन्ट, फेल्डेबल की र फलो मि हेडल्याम्प जस्ता ट्रेन्डअनुसारको लक्जरी फिचर्सहरु छन् । भने स्कोडा ब्राण्डका गाडीहरुको कुरा यो युरो मापदण्ड भएको कार हो । जसले ग्राहकवर्गहरु पहिचान दिलाईदिन्छ । र यसको आर्कषक मोडलमा उत्कृष्ट माईलेज, मन पर्ने रगं छनोट गर्न पाईने लगायतका विशेष रहेको छ । rabin-euro-autoयसको पावर फुल ईन्जिन अर्को विशेषता हो । यसलाई प्रिमियम कलासको कारको रुपमा समेत लिईन्छ । यसको मुल्य ३४ लाख ९५ हजार देखि १ करोड भन्दा माथि सम्म रहेको छ । लेदर सिट कभर, स्कोडा फ्लोर म्याट, स्टिरिङ्ग कभर, फुट प्लेट लेड, मड फ्ल्यापस्, रुफ स्टिकर, स्कोडा मोवाइल चार्जर साथै अन्य आकर्षक विशेषता थपिएको एमएडब्लुले जनाएको छ । १६ सय सिसिको यस कारमा अन्य सेवाहरु जस्तै स्टिरिङ्ग माउन्ट कन्ट्रोल, ब्लुटुथ कनेन्टिभिटी, ड्यूल एयर व्याग जस्ता सुविधा जडित छन् ।
५. युरो अटोमा नै ग्राहकवर्गहरु गाडीहरु किन्न कि आउने ?
युरो अटोमोटिभ अत्याधुनिक शोरुमसहितको सेल्स सर्भिस र स्पेयर पार्टस् एकै ठाउँमा ग्राहक वर्गले पाउँछन् ।
हामीले ग्राहकको चाहनाअनुसार नयाँ नयाँ मोडल नेपाल भित्रिने बित्तिकै चितवनमा पनि लञ्च गर्दै आएका छौँ भने हामीले दिने सेवा गुणस्तरीय, भरपर्दो र प्रभावकारीसँगै ग्राहकमैत्री रहेको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै सबै सुविधा एकै ठाउँमा उपलब्ध गराई तत्कालै फाइनान्स र एक्सचेन्जसँगै आवश्यकता अनुसार छुटको समेत व्यवस्था जिल्लामा नै पहिलोपटक हामीले दिँदै आएका छौँ ।
जसका कारण हामी स्थापनाको छोटो समयमा नै ग्राहकमाझ लोकप्रिय छौँ । अन्तमा, शुभदीपावली, छठ, लोसार पर्वको अवसरमा हाम्रा ग्राहकवर्गलाई शुभकामना व्यक्त गर्दछौँ । साभार : नमस्ते बिहानी साप्ताहिक पत्रिकाबाट 

.