चितवन ११ लाई हराउँदै मनाङ मस्याङदी सेमीफाईनलमा

चितवन, कार्तिक ०९ । मनाङ मस्याङदी क्लव चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा आज ९सोमबार० भएको दोस्रो क्वाटरफाईनल खेलमा चितवन ११ लाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङदी क्लव सेमीफाईनलमा प्रवेश गरेको हो ।
मनाङ मस्याङदीका लागि खेलको दोस्रो मिनेट र ६० औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरे भने ३२ औं मिनेटमा विमल राना र ४७ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिताको तेस्रो क्वाटरफाईनल खेलमा भोली दिउँसो २ः३० बजे हिमालयन शेर्पा क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुने प्रचार–प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।