एमाले चितवनमा ओली पक्षलाई हराउदै नेपाल पक्षका कृष्णभक्त पोख्रेरल विजयी (हेरौ तस्वीर र भिडियो अन्र्तवार्ता)

राजेन्द्र आचार्य/बिशाल सापकोटा/ शिव आचार्य 
चितवन, ०९ कार्तिक । नेकपा एमाले चितवनको अध्यक्षमा नेपाल पक्षका कृष्णभक्त पोखरेल निर्वाचत भएका छन् । उनले ओली पक्षका जगन्नाथ थपिलया १ सय ४२ मत बढी ल्याई विजयी भएका हुन् । पोख्रेरलले ४ सय ३१ मत ल्याएर थिए भने उनका प्रतिद्वन्द्वी जगन्नाथ थपिलयाले २ सय ८९ मत मात्रै प्राप्त गरेका छन् । साथै चुनाव अधिकांश नेपाल पक्षका कार्यकर्ता विजयी भएका छन् ।krishnabhatka

यस्तै उपाध्यक्षमा तेजेन्द्र वहादुर खड्का ४ सय २४, विजयी भए भने उनका प्रतिद्धन्द्धी कृष्णप्रसाद भुर्तेल २ सय ९३ मत पाए । सचिवमा ओली पक्षकी पार्वती रावल ३ सय ७३ मत ल्याई विजयी भईन् भने उनका प्रतिद्धन्द्धी नारायण वनले ३ सय ४८ मत पाए ।parbita-ti-rawan

cpnuml यस्तै उपसचिवमा उप सचिवमा सुर्यवदना हमाल ३ सय ८९ मतका साथ विजयी भईन् । भने उनका प्रतिद्धन्छी रामप्रसाद न्यौपाने ३२३ प्राप्त गरेका छन् ।

यसअघि हिजो राती घोषित सदस्य पदको परिणाम अनुसार अधिकांश सदस्यहरु पोखरेलकै प्यानलबाट निर्वाचित भएका छन् ।keshav-acharya

यस्तै लेखा कमिटी अध्यक्षमा केशव आचार्य निर्वा्चित भएका छन् । उनले मुक्ति ढकाललाई पराजित गरेका हुन् । निर्वाचन कमिटी अध्यक्षमा कृष्णप्रसाद डोटेललाई पराजित गर्दै गोपीप्रसाद नेपाल निर्वाचित भएका छन् ।

रत्ननगरको होटल स्टार बैक्वेटमा भएको अधिवेशनमा आइतवार राति मतदान गरिएको थियो । कूल ७४३ मतदातामध्ये ७ सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

rajram
यसै विच आफु विजयी भएसगैं नव निर्वाचित अध्यक्ष पोख्रेरलले यो जीत समग्र नेकपा एमाले कार्यकर्ताको भएको बताए । निर्वाचित भए लगत्तै सौराहा अनलाईनसग भिडियो अन्र्तवार्ता दिदै भने एमाले गुटबन्दीमा छैन्, जेएनजी लाइ पार्टीको अझ ठूलो पदमा लिएर जान म आफै सहयोग गर्छु । (हेरौ भिडयो अन्र्तवार्ता)

 

.