एमाले चितवनको नवौं जिल्ला अधिवेशनमा मतगण सुरु

चितवन कार्तिक ८ । नेकपा एमाले चितवनको रत्ननगरमा जारी नवौं जिल्ला अधिवेशनमा मतगणना सुरु भएको छ अहिले बिहान पौने १० बजेबाट मतगणना सुरु भएको हो । यत्तिबेला पहिलो बक्सको मत गणना भइरहेको जानकारी प्राप्त भएको छ । कुल ७ सय ४३ मत मध्य ७ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।14681769_10210766527509320_6073194854221699838_n
यसअघि चार जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जस मध्य तीन जना अध्यक्ष पदका उम्मेदवार कृष्णभक्त पोखरेल प्यानलका तीन जना रहेका छन् । निर्विरोध निव हुनेमा पोखरेल प्यानलका देवी गुप्ता, इश्वरी ढकाल र दुर्गा श्रेष्ठ रहेका छन् भने अध्यक्ष पदका उम्मेदवार जेएन थपलिया प्यानलका सरिता घिमिरे (दलित कोटा)रहेका छन् । ८४ जना जिल्ला कमिटिमा अब ८० पदका लागि निर्वाचन भएको हो ।
नयाँ नेतृत्वका लागि संस्थापन पक्षका वर्तमान अध्यक्ष जेएन थपलिया र माधवकुमार नेपाल पक्षका वर्तमान उपाध्यक्ष कृष्णभक्त पोखरेल मैदानमा छन् । थपलिया पक्षबाट उपाध्यक्ष पदमा कृष्ण भुर्तेल, सचिवमा पार्वती रावल र उपसचिवमा रामप्रसाद न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै पोखरेल पक्षबाट उपाध्यक्षमा तेजेन्द्र खड्का, सचिवमा नारायण वन र उपसचिवमा सुर्यवदना हमाल चुनावी मैदानमा उत्रिएका छन् ।