साहारा हराउदै मोरङ फुटबल क्लव सेमीफाईनलमा प्रवेश

चितवन, कार्तिक ७ । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको मोरङ फुटबल क्लव सेमीफाईनलमा प्रवेश गरेको छ ।
आज (आईतबार) भएको पहिलो क्वाटरफाईनल खेलमा साहारा क्लव पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फुटबल क्लव सेमीफाईनलमा प्रवेश गरेको हो ।
मोरङका लागि खेलको २१ औं मिनेटमा दिपक राईले र ४७ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजईले गोल गरे । साहाराका विदेशी खेलाडी सगुनले ३६ औं मिनेटमा सान्त्वना गोल गरे । दोस्रो हाफमा साहाराले गोल गर्न नसकेपछि मोरङ विजयी भएको हो ।
प्रतियोगिताको दोस्रो क्वाटरफाईनल खेलमा भोली दिउँसो २:३० बजे चितवन ११ र मनाङ मस्याङदीबीच प्रतिस्पर्धा हुने प्रचार प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिए । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङदी क्लव काठमाण्डौं, हिमालयन शेर्पा क्लव, संकटा क्लव, विभागि टिमहरु नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, सिक्कम–११ भारत, एपेक्स फुटबल क्लव कालिमपोङ भारत, युनाईटेड खर्साङ फुटबल क्लव भारत, युनाईटेड क्लव सिवान भारत, झापा ११, हिमालयन युथ क्लव कैलाली, मोरङ फुटबल क्लव, साहारा क्लव पोखरा र चितवन–११ को सहभागिता रहेको छन् ।