करणी गरि फरार कैदी २३ वर्षपछि पक्राउ

दयाराम आचार्य
नवलपरासी कात्र्तिक ७ । १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले २३ बर्षपछि पक्राउ गरेको छ ।fara
जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैदको फैसला भई फरार रहेका २ जना अपराधिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साविक शिवमन्दिर –२ हालको कावासोती नगरपालिका वडा नं. ३ निवासी ४५ बर्षका प्रेम भण्डारी र सोही ठाउका ४२ वर्षका जनार्दन भण्डारी रहेका छन ।
पक्राउ परेकालाई जिल्ला अदालत नवलपरासीले ५ बर्ष कैद फैसला सुनाएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
प्रेम भण्डारी २२ बर्षको हुंदा र जनार्दन भण्डारी १९ बर्षको हुंदा साविक शिवमन्दिर –२ निवासी १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा शनिबार उनीहरुकै निवासबाट पक्राउ गरेको हो ।
दुवैजनालाई आइतबार करागार चलान गरिएको छ ।