एमाले चितवनको अधिवेशनबाट थपलिया पक्षका एक, तीन जना कृष्णभक्त पोखरेल पक्षमा निर्विरोध निर्वाचित (तस्वीरसहित)

चितवन, ०७ कात्र्तिक । नेकपा एमाले चितवनको नवौँ अधिवेशनबाट चार जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएका मध्ये तीन जना कृष्णभक्त पोखरेल पक्षका रहेका छन् भने एक जना जगन्नाथ थपलिया पक्षका रहेका छन् ।img_20161023_203324 img_20161023_203255 img_20161023_203229

शनिबारबाट रत्ननगरको होटल स्टार बैंक्वेटमा सुरु भएको नवौँ अधिवेशनमा एमाले चितवनको नेतृत्व सर्वसम्मत हुन नसकेपछि अन्य पदमा भने मतदान हुने तयारी भएको छ । आइतबार अबेरसम्म सहमति हुन नसकेपछि एमाले चितवन चुनावी मैदानमा होमिएको हो । सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेका प्रतिनिधिहरु भने मतदान प्रकृया सुरु भएपछि निराश भएका छन् । आइतबार सर्वसम्मत भएका जिल्ला सदस्यहरुमा कृष्णभक्त पोखरेल पक्षका मजदुर महिला जिल्ला सदस्यबाट दुर्गा श्रेष्ठ, मधेसी सदस्य तर्फबाट गोपालजी गुप्ता रहेका छन् । त्यस्तै जगन्नाथ थपलिया पक्षबाट भने बैकल्पिक महिला सदस्य उत्पीडितमा सरिता घिमिरे निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक रामकुमार तिवारीले जानकारी दिए । पदाधिकारी सहित अन्य ८० पद, लेखा समितिमा ७ र निर्वाचन समितिमा ७ जना भने मतदानद्वारा टुंगो लगाइने भएको छ ।