चितवनमा भित्रियो फोर्स मोटर्स, १४ सिटको ट्रयाक्स क्रुजर जिप बजारमा (तस्वीर र भिडियोसहित)

शिव आचार्य
चितवन, ०७ कार्तिक । चितवनका ग्राहकवर्गहरुले फोर्स मोटर्सका गाडीहरु खरिद बिक्रि वितरण सुरु भएको छ । 14799973_1252479054793897_2108879684_o
भरतपुर–९ मिलनचोकमा भारतीय मोटर कम्पनीका फोर्स ब्राण्डका गाडीहरु बिक्रि एक समारोहका विच उवासंघ चितवनका अध्यक्ष राजन गौतम र ईन्टरकन्टीनेन्टल काठमाण्डौका अध्यक्ष ध्रुव थापाले संयुक्त रुपमा अत्याधुनिक शोरुमको रिबन काटेर उद्धघाटन गरेका थिए ।

14800221_1252478884793914_1972608942_oयहाँ ग्राहकहरुको चाहानालाई मध्यनजर गर्दै रेयन मोटर्स प्रालिले बिक्रि तथा खरिद सुरु गरेको हो । 14795642_1252478921460577_1419592638_o 14787588_1252478901460579_2135683583_o
कार्यक्रममा बोल्दै आयाम ईन्टरकन्टीनेन्टल काठमाण्डौका अध्यक्ष ध्रुव थापाले चितवनको व्यवसाय र कृषी उपजलाई प्रबद्र्धन गर्ने हेतुले नै फोर्स कम्पनीका गाडिको विक्रिवितरण चितवनबाट पनि सुरु भएको बताए । 14803040_1252479021460567_1631095493_o
फोर्स मोर्टसका बारेमा जानकारी दिदैँ आयाम ईन्टरकन्टीनेन्टलका प्रबन्ध निर्देशक राजन लम्सालले किसानका लागी बलबान ट्याक्टर, सामान ढुवानीका लागी फोर्स गुर्खा र ट्रयाक्स कार्गो किङग तथा यात्रुका लागी १४ सिट क्षमताको ट्रयाक्स क्रुजर जिप बजारमा आएको बताए। भारतमा निर्मित फोर्स कम्पनीका गाडिहरु आयाम ईन्टरकन्टीनेन्टल प्रालीले दुई बर्षदेखी नेपालमा बिक्री वितरण गर्दै आएको छ । 14813192_1252478968127239_2029484631_o
रेयन मोटर्सका अध्यक्ष यज्ञ प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आयाम ईन्टरकन्टीनेन्टल प्रालीका म्यानेजर ईन्जीनीयर राजन सिल्पकारको स्वागत मन्तव्य रहेको थियो ।14808852_1252478981460571_514207289_o
विश्व प्रसिद्ध मार्सिडीज लाइसेन्स इन्जीन तथा गीयर बक्स सहित जडात, अधिकतमा ग्राउण्ड क्ल्यिरेन्स, सबैभन्दा लामो काग्रो होल्ड भएका गाडीहरु उपलब्ध छन् ।14803210_1252479018127234_201608093_o
चितवनका लागि आधिकारीक बिक्रेताका रुपमा लोकप्रिय फोर्स मोटर्सहरु चितवनमा बिक्रि सुरु हुन लागेको रेयन मोटर्स प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले जानकारी दिए । ट्रयाक्स काग्रो किङ, ट्रम ४०, बलवान ट्याक्टर, ट्रयाक्स क्रुिसएर, फोर्स गोर्खा, ट्रयाक्स गामा लगायतका गाडीहरु उपलब्ध हुनेछन् । फाइनान्स सुविधा सहित नयाँ गाडी खरिद गर्न सकिने छ । नयाँ प्रविधि र अत्याधुनिक सुविधासहितको जिप, ट्याक्टर, पिकअप भ्यानहरु सुपथ मूल्यमा चितवनमै उपलब्ध गराईएको छ ।