चितवनमा स्थानिय तहको पुनसंरचरनामा दलहरु असफल

चितवन, ०७ कात्र्तिक । बैकल्पीक राजधानीका रुपमा समेच चर्चा चलेको चितवनमा ८ वा ९ भित्र रहने गरी स्थानीय तहको पुनसंरचना हुने भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगले जिल्लाका दलहरुले चारदेखि १२ हुनुपर्ने अडान राख्दै आएका वेलामा जिल्लामा गाउँपालिका, नगरपालिकाहरु आठ वा नौंभित्र रहनुपर्ने नयाँ मापदण्ड तय गरेको जनाएको छ ।
गएको भदांै २६ मा चितवन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले आयोगमा १२ वटा सम्म तह बनाउन संकललित सुभझाव सहितको प्रतिवेदन बुझाएका थिए ।
स्थानीय तह निर्धारणका लागि आयोगको नयाँ मापदण्ड अनुसार छलफल आरम्भ गर्न चितवन जिल्ला विकास समितिले आह्वान गरेको छ । 14650619_1719079735082343_1747482711322624050_n
स्थानीय तह निर्धारणका विषयमा जिल्लाको प्राविधिक समितिको संयोजक रसमेत रहेका स्थानिय विकास अधिकारी श्रवणकुमार पोख्रेरलले स्थानीय तहको बारेमा छुट्टै तयार खाका पनि आयोगमा बुझाइएका बताए । तर पनि अहिले आयोगले ९ भन्दा बनाउन नमिल्ने गरीपुनस.रचना गरेको बताए ।
चितवनमा हाल पहाडमा आठ गाविस छन् । त्यो बाहेक एक उपमहानगरपालिका सहित आठ नगरपालिका छन् । तर, प्राविधिक समितले आठ पहाडी गाविसमध्ये चार÷चार वटालाई मिलाएर दुई गाउँपालिका बनाउन सिफारिस गरेको थियो ।
त्यस्तै, आठ नगरपालिकामध्ये कम्तिमा तीन र बढीमा पाँच नगरपालिका बनाउन सकिने खाका स्थानीय प्राविधिक समितिले तय गरेको थियो । तर दलहरुको यो भन्दा फरक अवधारणा आएका कारण प्राविधिक समितिका दुई खाकासहित दलहरुले पेस गरेको अवधारणसमेत स्थानीय तह पुर्नसंरचना आयोगलाई बुझाइएको थियो ।
चितवनमा एउटा चेपाङ स्वायत्त गाउँपालिकाको पनि सिफारिस भएको छ । आयोगले यसअघि तोकेको कार्यविधिमा उल्लेख भएअनुसार गाउँपालिकामा वडाको संख्या पाँचदेखि २१ र नगरपालिकाका वडाको संख्या नौदेखि ३५ रहने सिफाीमा उल्लेख गरेको उनले बताए । चितवनमा स्थानिय तहको पुनसंरचना गर्दा वरन्डाभार वन क्षेत्र र निकुन्ज कटन् नपाउने वयवस्था छ । । कतिवटा र कून कुन मर्ज गरेर स्थानिय सरकार वनाउने भनेर स्थानिय तहमा फेरी एक पटक छलपल हुने भएको छ । जिल्लाको दारेचोक गाबिसमा नौ हजार ६ सय, चण्डी भन्ज्याङ गाबिसमा ४ हजार ९ सय, दाहाखानी गाबिसमा ४ हजार ८ सय, कविलास गाबिसमा ५ हजार ८ सय, काहुले गाबिसमा ५ हजार ६ सय , सिद्धी गाबिसमा ३ हजार ८ सय, कोराक गाबिसमा ६ हजार ५ सय, लोथर गाबिसमा ५ हजार, राप्ती नगरपालिकामा छयालिस हजार ५ सय, खैरहनी नगरपालिकामा छपन्न हजार ९४, रत्ननगर नगरपालिकामा उन्नसत्तरी हजार, कालिका नगरपालिकामा ३८ हजार ६ सय ६६, भरतपुर उपमहानगरपालिकामा १ लाख ९९ हजार चित्रवन नगरपालिकामा ३४ हजार ९ सय नारायणी उन्नचालिस हजार ९ सय माडी नगरपालिकामा ६७ हजार ७ सय जनसंख्या रहेको छ । पुनसंरचना गर्न प्रत्येक गाविस र नपाको नक्सामा जनसंख्या भरि अभ्यास गर्न जिविस चितवनले आग्रह पनि गरेको छ ।