सहमतिको प्रयास असफल भएपछि एमाले चितवनमा ओली र नेपाल पक्ष विच चुनाव भिडन्त हुदै

शिव आचार्य
चितवन, ०७ कात्र्तिक । एमाले चितवनको नवौ अधिबेशनमा अन्तत चुनाव नै हुने भएको छ । लामो समय सम्म गरिएको सहमतिमा नेतृत्व चयन हुने सम्भावना असफल भएपछि चनाव नै भएको छ । 14813626_1251343351574134_164493516_nचुनावका लागि हाल माधव नेपाल पक्षका सासंद र हालका जिल्ला उपाध्यक्ष समेत रहेका कृष्णभक्त पोख्रेरल र केपि ओली पक्षका हालका जिल्ला अध्यक्ष जेन थपालियाले प्यानल नै खडा गरी चुनावी मैदान उत्रिएका छन् ।थपलिया पक्षबाट उपाध्यक्ष पदमा कृष्ण भुर्तेल,सचिवमा पार्वती रावल र सहसचिवमा राम प्रसाद न्यौपाने अघि सरेका छन् ।त्यस्तै पोखरेल पक्षबाट उपाध्यक्षमा तेजेन्द्र खड्का,सचिवमा नारायण वन र सहसचिवमा सुर्यवदना हमाल चुनावी लड्ने वताइएको छ । जसका सर्वसहमत नेतृत्व चयनको अपेक्षा कार्यकर्ताको ईच्छा तुहिएको छ ।  अहिले अधिवेशन स्थल होटल स्टार बैङ्गकुटमा यति उम्मेदवारको मनोनय दर्ता भईरहेको छ । चुनावका लागि आज दिउँसो नै मतदान प्रक्रिया सुरु हुने निर्वाचन कमिटि संयोजक रामकुमार तिवारीले जानकारी दिए । चुनावमा क्षेत्र नं.१ बाट १ सय ३०, २ बाट १ सय ८३, ३ बाट १ सय ३९, ४ बाट १ सय ५२, ५ बाट १ सय १७ मजदुर संगठनबाट ४ जना, विभिन्न १८ वटा जनवर्गीय संगठनबाट १८ जना गरी सय ७४३ जनाले मतदान गर्ने उनले बताए । चुनावले ६७ जना जिल्ला कमिटी सदस्य पदाधिकारी र १७ कैल्पिक सदस्य चयन गर्नेछ ।

.