स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

काठमाडौं ०६ कात्र्रिक । स्वास्थ्य पत्रकार मञ्च नेपालको राष्ट्रिय अधिवेशनले स्वास्थ्य खबरपत्रिकाका प्रधान सम्पादक अनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शनिवार काठमाडौंमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा एभिन्युजकी पत्रकार कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका पत्रकार मनिष गौतम चुनिएका छन् । यसैगरी सचिव सरोज ढुंगेल (गोरखापत्र दैनिक) र कोषाध्यक्ष रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) छन् ।

1677434836hjfn
सदस्यहरुमा भगवती तिमिल्सिना (समाचारपत्र दैनिक), भिषा काफ्ले(नयाँ पत्रिका दैनिक), दीपा दाहाल (अन्नपूर्ण दैनिक), प्रवीण ढकाल (नागरिक दैनिक), उद्धवराज भेटवाल (हाम्रो डक्टर) र जुनु भट्टराई (कारोबार दैनिक) छन् ।
यसैगरी पूर्ण सदस्य कृष्ण ज्ञवाली (कान्तिपुर दैनिक), कल्पना पौडेल (रासस), डिबी खड्का (स्वास्थ्य खबरपत्रिका) र वासुदेव न्यौपाने(हाम्रो डक्टर) छन् ।
अधिवेशन नेपाल खबर डटकमका सम्पादक नारायण अमृतको संयोजकत्वमा सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । मञ्चले स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

.