ब्याईज युनियनलाई हराउदै हिमालय शेर्पा क्बाटर फाईनलमा

राजेन्द्र आचार्य
चितवन, ०६ कात्र्रिक । चितवन क्याम्पाचौर नारायणगढमा जारी १२औँ विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा हिमालयन शेर्पा काठमाडौँ क्बाटर फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा ब्याईज युनियन काठमाडौंलाई १ गोलका विरुद्ध ३ गोल गर्दै क्यावटर फाईनल प्रवेश गरेको हो ।14741580_237991753282808_1290355191_n

भारतको सिक्किम ११ प्रतियोगिताको अन्तिम अवस्थामा नआएपछि हिमालयन शेर्पाले ब्याईज युनियन काठमाडौंसगँ क्वाटर फईनलका प्रतिपर्धामा आएको थियो ।
प्रतियोगितामा हिमालयनको तर्फबाट खेलको ११ औ मिनेटमा विष्णु गुरुङ्गले पहिलो गोल र हिमालयनकै मियोङ्ग फेनोले ६९ औ मिनेटमा र ८५ औ मिनेटमा गरेको दोश्रो गोल प्रतियोगितामा जित दिलाएको थियो । भने ब्याईज युनियनका तर्फबाट विजय पौडेलले ७२ मिनेटमा एक गोल गरेका थिए । यस्तै प्रतियोगितामा हिमालयनकै मियोङ्ग फेना म्यान अफ दी म्याच भई नगद १० हजार रुपैया पुरस्कार पाए । अब उपाधी तर्फ जान हिमालयनले त्रिभुवन आर्मी क्लबसगा प्रतिपर्धा गर्नुपर्ने छ ।