भेटेरान फुटबलको उपाधि दोस्रोपटक चितवनलाई

चितवन, ०६ कात्र्तिक । चितवनको धुव्रतारा भेटेरान फुटबल टोलीले एटए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौडामा भएको अन्तर्राष्ट्रिय ४० वर्ष माथिको रोटरी एटए साईड फुटबल प्रतियोगितामा मोसि क्लब काठ्माण्डौलाई सडन डेथमा हराउदै उपाधि जितेको हो ।vetran-ko

निर्धारीत समयमा कुनैपनि गोल हुन नसकेपछि खेल ट्राई–बे्रकरमा धकलिएको थियो । उपाधि विजेता धुव्रतारा भेटेरान चितवनले नगद ४० हजार रुपैयां सहित शिल्ड तथा मेडल जितेको छ । धुव्रतारा भेटेरान गतवर्षको पनि विजेता टिम हो । म्यान अफ द सीरिजका रुपमा धुव्रतारा भेटेरान चितवनका डीफेण्डर राजेन्द्र श्रेष्ठ घोषित भएका छन् ।

उनले दुवई घुम्न जाने आउने टिकट पाएका छन् । फाइनल खेलको म्यान अफ द म्याचको चितवनका किपर जगन गुरुङले नगद २० हजार पाए । विजेताहरुलाई क्षेत्रीय प्रशासक विनोद सुवेदीले हस्तान्तरण गरेका थिए । रोटरी क्लब अफ मकवनापुरको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा देशभित्र र बाहिरका ११ टोलीको सहभागिता रहेको थियो । उपविजेताले २० हजार रुपैया“ पुरस्कार पाएको आयोजकले जनाएको छ । रोटरी क्लब अफ मकवानपुरले प्रतियोगिता आयोजना भएको हो ।