देवघाटमा राष्ट्रिय कलाकारहरु आउदै (तस्वीरसहित)

देवघाट, ०६ कार्तिक । श्री गाउँ सुधार समिति देवपुरले बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । देवघाटमा रहेका देउपुरका यूवाहरुको सक्रियतामा कार्तिक ११ र १२ गते कार्यक्रम गर्न लागिएको हो । पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारि दिइएको हो ।
‘लोक सांस्कृतिक संरक्षणमा हाम्रो अभियान’ भन्ने नारा सहित हुन लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक आशिक रानाले जानकारि दिए । चर्चित कलाकारहरु पशुपति शर्मा, मिलन लामा, जानकी मगर, कृृृष्णा गुरुङ लगायतको टोली सहभागिता बन्ने उनले बताए । चर्चित कलाकार रमा न्यौपानेको नृत्य, दीपक थापाको हास्यव्यङग्य, बलराम सरकारको जादु विशेष आकर्षणका रुपमा रहने छ । कार्यक्रम देवघाट २ तनहुँ देवपुर चौतारा चौरमा विहान १० बजेदेखि सुरु हुनेछ ।
कार्यक्रममा मगर, गुरुङ, तामाङ, चौधरी, नेवार, चेपाङ, भुजेल समुदायको कलासंस्कृति तथा नृत्यहरु प्रस्तुत हुनेछन् । भजनहरु समेत प्रस्तुत हुनेछन् । श्री गाउँ सुधार समिति देवपुरका अध्यक्ष शुकु गुरुङले कार्यक्रम सम्पन्न गर्न कविर ४ लाख ५० हजार लाग्ने बताए । स्थानीयरुपमा स्वतस्फुर्त रुपमा संघसंस्था तथा व्यवसायी, स्थानीयको सहयोगमा कार्यक्रम गर्न लागिएको बताए । समितिको अगुवाईमा स्थानीय स्तरमा बाटो निर्माण, पार्क बनाउने, खानेपानी ट्याङकी निर्माण, सरसफाई, स्वास्थ्य शिविर जस्ता गतिविधिहरु हुने गरेका छन् ।