भरतपुरमा फोर्स गाडीको बिक्री सुरु हुदै

चितवन, ०६ कात्र्रिक । चितवनमा फोर्स मोटर्सका गाडीहरु खरिद बिक्रि सुरु हुने भएको छ । भरतपुर उपमहानगरपालिका ९ स्थित मिलनचोकमा भारतीय मोटर कम्पनीका फोर्स ब्राण्डका गाडीहरु बिक्रि सुरु हुन लागेको हो । विश्व प्रसिद्ध मार्सिडीज लाइसेन्स इन्जीन तथा गीयर बक्स सहित जडात, अधिकतमा ग्राउण्ड क्ल्यिरेन्स, सबैभन्दा लामो काग्रो होल्ड भएका गाडीहरु उपलब्ध छन् ।trax-kargo-king-500x500-3-350x205
चितवनका लागि आधिकारीक बिक्रेताका रुपमा लोकप्रिय फोर्स मोटर्सहरु चितवनमा बिक्रि सुरु हुन लागेको रेयन मोटर्स प्रालिका म्यानेजर राजन सिल्पकारले जानकारि दिए । विहान ९ बजे मिलनचोकमा रहेको सोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष धुव्रबहादुर थापाले उद्घाटन गर्नेछन् । रेयन मोटर्स प्रालीले भदौ ७ गतेबाट औपचारिक रुपमा फोर्स मोटर्सहरु बिक्रि सुरु गर्न लागेको हो । ट्रयाक्स काग्रो किङ, ट्रम ४०, बलवान ट्याक्टर, ट्रयाक्स क्रुिसएर, फोर्स गोर्खा, ट्रयाक्स गामा लगायतका गाडीहरु उपलब्ध हुनेछन् ।
सोरुम उद्घाटनका अवसरमा गाडी खरिद गर्ने उपभोक्तालाई विशेष छुट उपलब्ध गराइने जनाएको छ । पुराना अन्य माडेलका गाडी ल्याएर नयाँ फोर्स गाडीहरु खरिद गर्न सकिने समेत व्यवस्था छ । आयाम इन्टरकन्टिनेन्टल प्राली मार्फत झापा, मोरङ, सप्तरीमा समेत आधिकारी बिक्रेताहरु मार्फत फोर्स गाडीहर बिक्रि हुदै आइरहेका छन् । फाइनान्स सुविधा सहित नयाँ गाडी खरिद गर्न सकिने छ । नयाँ प्रविधि र अत्याधुनिक सुविधासहितको जिप, ट्याक्टर, पिकअप भ्यानहरु सुपथ मूल्यमा चितवनमै उपलब्ध हुनेछन् ।