पूर्वी चितवनमा एमाले चितवनको नवौं जिल्ला अधिवेशन सुरु,

चितवन, कार्तिक ६ । पूर्वी चितवनको रत्ननगर स्थिित होटल स्टार बैङ्गकुटमा नेकपा एमाले चितवनको नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको एमाले उपाध्यक्ष एवंम प्रदेश नं ३ की संयोजक अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा एमाले पोलिटव्युरो सदस्य एवं चितवन क्षेत्र नं १ का साँसद सुरेन्द्र पाण्डे, पोलिटव्युरो सदस्य काशिनाथ अधिकारी,वैकल्पिक केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल,लगायतका केन्द्रीय स्तरका नेताहरुको उपस्थित रहेको छ ।
अहिले जारी उद्घाटन सत्रमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिना, माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई,राजमो जिल्ला उपाध्यक्ष अमर वहादुर क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टी जिल्ला अध्यक्षहरुले देशलाई निकास दिन सहमती आवश्यक रहेकोले एमाले चितवनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका छन् । अहिले विभिन्न नेताहरुले शुभकामना मन्तव्य दिने क्रम जारी छ । उद्घाटन सत्र पछि वन्दसस्त्र सुरु हुने छ । अधिवेशन स्थल वाहिर चुनावी माहोल सुरु भएको छ । आ–आफ्नो पक्षलाई जिताउन नेता तथा कार्यकर्ताहरु लागि परिरहेका छन् ।
नयाँ नेतृत्वका लागि केपी ओली पक्षधर वर्तमान अध्यक्ष जेएन थपलिया र माधवकुमार नेपाल पक्षधर वर्तमान जिल्ला उपाध्यक्ष एवंम चितवन क्षेत्र नं३ का साँसद कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।