चितवनको बिकट चेपाङ्गगाउँ कान्दामा नेपाल जर्नी पुस्तकालय निमार्ण

चितवन, कार्तीक ०६ । चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपागंहरुको बसोबास रहेको सो क्षेत्रका बिद्याथीकालागी लक्षीत गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो ।

नेपाल जर्नीको ३ लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राबिधिक सहयोगमा स्थापित लाईब्रेरीको एन.आर.एन.ए.अन्तराष्ट्यिसमन्वय परिषदका सदस्य तथा डेनमार्कका लागी नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधी सोमनाथ सापकोटाले उद्धघाटन गर्नु भयो । 2लाईब्रेरी निमार्ण भएपछी स्थानिय कान्देश्वरी प्राबिमा अध्यानरत बिद्यार्थीहरुको शैक्षिक बिकासमा ठुलो सहयोग पुग्ने देखिएको छ । बिद्यालयमा १२३ बिद्याथीहरुले अध्यान गर्ने गरेका छन् । लाईब्रेरीले आफना बालबालिकाको शैक्षिक बिकासका साथै अक्षर चिन्ने अभिभावकहरुलाई समेत पढने बानिको बिकास हुने स्थानिय सिता बहादुरप्रजाले बताए । सरकारले समेत ध्यान दिन नसकेको स्थानमा नेपाल जर्नी अमेरिकाले लाईब्रेरी निमार्ण गरी चेपागंलाई माया गरेको भन्दै उनले खुसी प्रकट गरे । लाईब्रेरीमा खेलौना देखी नया नया बिभिन्न चित्रहरु सहितका कथा कबिता र अन्य अग्रेजी नेपाली कितावहरु रहेकाले नया कुरा सिक्न र ज्ञान लिन पुस्तकालय निकै महत्वपुर्ण भएको बिद्याथी मनिसा प्रजाले बताईन् ।
पुस्तकालयमा बिभिन्न प्रकाशसनले प्रकासनमा ल्याएका बाल साहित्य, कथा कबित, शिक्षक आधारित पुस्तक, समुदायका लागी उपयोगी सामाजिक बिज्ञानमा आधारित पुस्तक , महत्वपुर्ण पुरस्कारहरु जित्न सफल पुस्तकहरु बजारमा सबै भन्दा बढि चर्चामा रहेका र बिक्री भएका पुस्तकहरुका साथै १४ वर्ष सम्मका बाल बालिकाका लागी उपयोगी बालखेलौना सामाग्री समेत रहेका छन् ।

पुस्तकालयले बिद्याथीलाई नया कुरा सिक्नकासाथै शिक्षकहरुलाई पनि बिद्याथी मैत्रि शिक्षण सिकाई कृयाकलापमा सहयोग पुर्याउने बिद्यालयका प्राधानाध्यापक बालकृष्णले थपलियाले बताउनु भयो । नेपाल जर्नीले स्थापना गरेको पुस्ताकलयले चेपागं बिद्याथीको शैक्षिक बिकासमा ठुलो योगदान दिने उहाको भनाई छ । 1कार्यक्रममा बोल्दै एन.आर.एन.ए अन्तराष्ट्यिसमन्वय परिषदका सदस्य तथा डेनमार्कका लागी नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधी सोमनाथ सापकोटाले लाईब्रेरीले चेपाङ्ग बालबालिकाको चारित्रिक बिकासका साथै पढने र नया नया कुरा खोज र अनुसन्धान गर्ने बानिको बिकास गर्ने बताउनु भयो ।

निकै बिकट कान्दा गाउमा पुगेर नेपाल जर्नीले पुस्तकालय निमार्ण गरी चेपाङ्ग बालबालिकाको शैक्षिक बिकासका लागी गरेको योगदान अतुलनिय भएको भन्दै संस्थाको योगदानको प्रशंसा गर्नु भयो । त्यस्तै स्थानिय बिकास अधिकारी श्रवण कुमार पोखरेलले कान्दा र कान्देलिको बिकास र त्यहाका बालबालिकाको शैक्षिक बिकासमा बिभिन्न संघ संस्थाले गरेको योगदान निकै महत्वपुर्ण रहेको बताउनु भयो । उहाले सो क्षेत्रको बिकासका लागी जिल्ला बिकास समिती र लोथर गाबिसबाट गरी चार लाख ५० हजार सहयोग गर्ने घोषडा गर्नु भयो ।

गरिबिका कारण बिद्यालय जान समेत नसक्ने अवस्थामा रहेका त्यहाका बिद्याथीहरुलाई लक्ष्मिप्रतिष्ठान काठमाण्डौले सोही स्थानमा कुमार बलराम स्मृती छात्रबास निमार्ण गरि आवासिय सुबिद्यासहित पढाई रहेको छ । सोहि अवसरमा छात्र बासको समेत उद्धघाटन गरिएको थियो । कान्दा गाउ भोगोलिक हिसावले निकै बिकट र स्थानियहरु अशिक्षा र चेतनाको अभावका कारण चरम गरिबिमा बाचेका छन् ।

स्थानिहरु ६ महिना आफनो उत्पादन र ६ महिना गिठा भ्याकुर खाएर बस्न बाध्य छन् । चितवनको सदरमुकाम भरतपुर देखी ३ घण्टा जिपको यात्रा र ६ घण्टाको निकै कष्टकर पैदल यात्रा पछि सो गाउ पुग्न सकिन्छ । २०६७ सालमा च्याउ खाएर एकै घरका आधा दर्जनको मृत्यु भएपछी मितेरी फाण्डेसन चितवनले सो गाउ परिर्वतन र बिकासका लागी अभियान सुरु गरेको थियो । पछिल्लो केही वर्ष यता लक्ष्मि प्रतिष्ठान काठमाण्डैले कान्दाको बिकासमा निरन्तर रुपमा काम गरेको प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले बताउनु भयो ।