एमाले चितवनको नवौँ जिल्ला अधिवेशन आज,उद्घाटन गर्न केपी ओली आउने

चितवन, कात्तिक ६ । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशन आजदेखी रत्ननगरको टाँडीमा हुदै छ । आज र भोली हुने अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।अधिवेशन उद्घाटनका लागी एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी ओली आउने एमाले चितवनले जनाएको छ । अधिवेशनका लागि जिल्लाका ८ नगरपालिकाका १२६ नगर वडा, ८ गाविस, १३६ शाखा कमिटी र २० मोर्चा संगठनबाट ८०० बढी जिल्ला अधिवेशन प्रतिनिधि छनोट भइसकेको एमाले चितवनका प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो।।एमाले चितवनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष जे.एन. थपलिया र साँसदसमेत रहेका उपाध्यक्ष कृष्णभक्त पोखरेलले आकांक्षा व्यक्त गरेका छन् ।

पार्टीको नयाँ नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका थपलिया र पोखरेल अधिवेशन प्रतिनिधिसँग मत माग्नसमेत पुगिरहेका छन् । दुवै जनाले पार्टीलाई अझ सशक्त ढङ्गले कसरी अगाडि बढाउने भन्ने योजना र प्रतिवद्धता राखिरहेका छन् ।