प्रशासन कार्यालयको शौचालय सेवाग्राहीका लागि खुल्यो

दयाराम आचार्य
नवलपरासी, ०६ कात्र्तिक । नवलपरासीको कावासोतीमा रहेको ईलाका प्रशासन कार्यालयको शौचालय सेवाग्राहीका लागि खुल्ला गरिएको छ ।
प्रशासनमा रहेको शौचालय कर्मचारीका लागि मात्रै खुल्ने अरुवेला ताला लगाएर राख्ने गर्दा सेवाग्राहिलाई समस्या हुने गरेको थियो । सेवाग्राहीको लागि शौचालय नभएर समस्या भोग्नु परेको समाचार सौराहा अनलाईन लगाएतका संचार माध्यममा आएपछि ताला खोलेर राखिएको हो ।22
ताला खोलिएसँगै सेवा लिन कार्यालयमा आउने सेवाग्रहीलाई शौच गर्न सहज भएको छ । तत्कालको लागि शौचालयको ताला खोलिएको र सेवाग्राहिका लागि मात्रै बाहिर शौचालय निमार्ण गरिन कार्यालयका प्रमुख पिताम्वर घिमिरेले बताए ।
दुई तलामा रहेको प्रशासन कार्यालयका दुवै तलामा एक एक वटा शौचालय रहेको भए पनि
ताला लगाएर राखिने र कर्मचारीले आवश्यक पर्दा चाबि खोलेर प्रयोग गर्ने र अन्य समयमा बन्द गर्ने गर्दथे । जसले गर्दा सेवाग्राहीहरु शौचका लागि बाहिरी पसल, होटल वा अन्यको घरमा शौचालय खोज्दै हिड्नु पर्ने बाध्यता थियो ।