बेचबिखनमा संलग्न अन्सारीलाई १० बर्ष जेल सजाय

कृष्णनगर, ५ कात्र्तिक । मानव बेचबिखनमा संलग्न समीर अहमद अन्सारीलाई जिल्ला अदालत कपिलवस्तुले जेल सजाय सुनाएको छ । अदालतले बाघमारे २ दाङ घर हुने अर्जुन भन्ने समीर अहमद अन्सारीलाई १० बर्ष जेल र ५० हजार जरिवाना फैसला गरेको हो । jail
प्युठान घर हुने सीता कुमाल (नाम परिवर्तन) लाई विवाहको नाटक गरी भारत तर्फ लैंजादै गर्दा प्रहरीको सहयोगमा मानव बेचबिखन बिरुद्ध कार्यरत संस्था के.आई. नेपालले नियन्त्रणमा लिएको संस्थाका जिल्ला संयोजक केशर बिश्वकर्माले जानकारी दिनुभयोे । घटनाको आवश्यक अनुसन्धानपछि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तरगत ईलाका प्रहरी कार्यलय कृष्णनगरमा मुद्धा दर्ता भएको र कानुनी प्रक्रिया अनुसार प्रहरीको अनुसन्धान पछि जिल्ला अदालत कपिलवस्तुमा पेश गरिएको थियो ।
पीडित, साक्षीको बयान तथा प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा जिल्ला अदालत कपिलवस्तुले १० बर्ष जेल र ५० हजार क्षतिपुर्तीको दण्डसजाय सहित फैसला गरेको हो ।