सौराहा पहिलो पटक “बलेसी”सांगेतिक रेस्टुरेन्ट (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, ०५ कात्र्तिक । पर्यटकीय नगरी सौराहामा पहिलो पटक सांगेतिक रेस्टुरेन्ट “बलेसी रेस्टुरेन्ट” सञ्चालन मा आएको छ ।
स्वदेशी तथा विदेशी पर्यिटकहरुको मागलाई मध्येनजर गर्दैै गीत संगीतसहित विभिन्न खानाका परिवारको स्वादको मज्जा एकसाथ लिन नयाँ प्योकजका रुपमा “बलेसी रेस्टुरेन्ट” सञ्चालन मा आएको हो । 14800206_1190998144299373_1970135186_o
जंगल सफारी, हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, जंगल बाक, गाडा सयर, थारु नयाँको मज्जा लिदै आएका पर्यटकहरुले आएका थिए– बलेसी रेस्टुरेन्टका सञ्चालक विनोद लोप्चनले भने अब साँगितक मज्जासहितको नेपाली र विदेशी हरेक प्रकार परिकारको स्वादमा पर्यटकहरु रमाउने छन् ।14053799_1482312171794277_6281832746090183206_o14799774_1190997927632728_1606781018_o

नयाँ प्रयोगसहितको रेस्टुरेन्ट संचालनमा “बलेसी रेस्टुरेन्ट” सौराहाकै पर्यटन क्षेत्रमा आधा दशकदेखी सक्रिय युवा उद्यमीहरु विनोद लोप्चन र सुजन भट्टले सांगेतिक रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । 14813560_1190998387632682_1642043037_n
सिजनल नभई सदाभार बनेको सौराहामा सञ्चालन आएको रेष्टुरेन्ट पर्यटकहरुलाई नयाँ प्याकेजका रुपमा थपिनु सौराहाको पर्यटनमा नयाँ आयाम भएको क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले बताए । 14803030_1190998287632692_1869070915_o

बलेसीले सौराहामा संगितमा रमाउन चाहाने पर्यटकहरुको मन जित्ने रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्ट(राजन)ले बताए । 14787505_1190998244299363_900886101_o
सो रेस्टुरेन्टको एक कार्यक्रमकाबीच नवनायिका मरिस्का पोखरेल र नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निर्देश सेढाईले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

रेस्टुरेन्ट संचालक विनोद लोप्चनका अनुसार सुरुमा साताको शुक्रबार, शनिबार र बुधबार गरी तीन दिन सांगेतिक कार्यक्रम हुने माग वमोजिम वढाईनेछ । आन्तरीक पर्यटकलाई मनोरञ्जन दिने उदेश्यले सौराहामा नयाँ प्रयोग गरिएको अर्को सञ्चालक सुजन भट्टले जानकारी दिए ।14793801_1190998440966010_1799067389_n

उनका अनुसार रेष्टुरेन्टमा निर्माणमा ३० लाख रुपैया बढी खर्च भएको बताए । यसअघि सौराहामा सांगेतिक रेस्टुरेन्ट थिएन् । रेस्टुरेन्टमा विषेश गरी भारतीय खाना पाईन्छ ।14799774_1190997927632728_1606781018_o

सौराहामा ७० वटा रेस्टुरेन्ट तथा करिव १ सय ५० वटा ठुला होटल छन् । रेस्टुरेन्ट संचालक विनोद लोप्चनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर छत्रवहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।