बाघको आक्रमणबाट नवलपरासीमा एक महिलाको मृत्यु
नवलपरासी, कात्तिक ५ । नवलपरासीको मध्यबिन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परि ज्यान गएको छ ।
प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्धार धोवीका अनुसार बिहीबार बिहान नौ बजेतिर जगलमा घाँस दाउरा गर्न गएकी ४५ वर्षकी आज्ञावती रानामगरको बाघको आक्रमणबाट ज्यान गएको हो ।
जंगल गएकी रानामगर बेलुकासम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उहाँको घाँटीमा बाघले आक्रमण गरेको र दाहिने खुट्टा समेत खाएको प्रहरीले बताएको छ । रानाका १५ र ९ वर्षका दुई छोरा छन् भने श्रीमान रोजगारीका लागि विदेश जानुभएको छ । –रासस