बालिकालाई भारत लैजान खोज्ने दुईजना पक्राउ
नवलपरासी, ५ कार्तिक । बाँकेको रुपैडिया नाकाबाट बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा देवचुली–१३ नवलपरासीका नुमाकान्त भुसाल र बाँकेकी शिवा भुसाल रहेका छन् । नवलपरासीको मध्यबिन्दु–७ का दुई बालिकालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुवैजनालाई प्रक्राउ गरेका हुन् ।
पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।
उनीहरुलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । नुमाकान्त भुसाल दाङ–दिल्ली बस चलाउने चालक हुन् ।
उनले कक्षा ७ र १० कक्षामा पढ्ने बालिकामध्ये एकजनालाई कपाल काटेर केटाको भेषमा र अर्कीलाई केटीकै भेषमा भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । दुवै बालिकालाई अभिभावको जिम्मा लगाइकाृ प्रहरीले जनाएको छ ।
-रासस