मुग्लिनमा भारतिय नम्बरको ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

road-accidentबिशाल सापकोटा, चितवन, ५ कार्तिक ।
चितवनको मुग्लिनमा भारतिय नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु गएको छ ।

पोखराबाट सुनौलि तर्फ आउँदै गरेको आर.जे. ०२ जि.ए.७१५८ नम्बरको भारतिय मालबाहक ट्रकले गएराति मुग्लिन चोकमा गएराति (बिहिबार) साढे ९ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

अहिले सम्म मृतकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको सव पोष्टमार्टमका लागी भरतपुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।