आफ्ना पिताको पूण्य तिथिमा जेष्ठ नागरिकलाई खाना

चितवन, ४ कात्तिक । लायन्स क्लब अफ चितवन युथको आयोजनामा क्लबका निवर्तमान अध्यक्ष यम बहादुर बिकेले आफ्नो बुबाको पूण्य तिथिमा देवघाटका जेष्ठ नागरिकलाई खाना खुवाएका छन् ।
photo00000001

कात्तिक ४ गते बिहीबार परेको आफ्नो स्वर्गीय पिता सन्त बहादुर बिकेको सातौँ पूण्य तिथिको अवसर पारेर बिकेले देवघाटको रोटरी करुणालयका जेष्ठ नगारिकलाई खाना खुवाएका हुन् । बिहीबार बिहानको खाना खुवाउँदै बिकेले वृद्ध अवस्थाका मानिसहरुलाई माया, सम्मान र सहयोगको खाँचो पर्ने भएकाले उनीहरुलाई सबैले सहयोग पु¥याउनुपर्ने बताए । आफूले प्रत्येक वर्षको कात्तिक ४ गते आफ्नो पिताको पूण्य तिथिमा रोटरी करुणालयमा खाना खुवाउने समेत बिकेले प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफू र आफ्नो क्लबले आगामी दिनमा रोटरी करुणालयलाई अन्य सहयोगहरु समेत गर्दै जाने बिकेले बताए । वृद्धाहरुको सेवा र सम्मान गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै बिकेले धर्म कमाउनको लागि वृद्धहरुको हेरचाह गरेमा मात्रै पनि अन्य तीर्थहरुमा जानु नपर्ने धारणा राखे । कार्यक्रममा लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष, पदाधिकारी तथा अन्य पारीवारिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।