रत्ननगरमा एकायन कराँते प्रतियोगिता हुने

14741690_1113854825377193_1754547417_n

चितवन, ३ कार्तिक । खेलाडीहरुको प्रतिभा उजागर तथा कराते खेलको विकासको लागि पूर्वी चितवनको रत्ननगरमा खुल्ला राष्ट्रिय एकायन कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल एकायन कराते एसोसियशन चितवनको आयोजनामा रत्ननगर ९ शालघारी स्थित पञ्चदिप विद्यालयको खेल मैदानमा कार्तिक २५र २६ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको आयोजक संस्थाले आज रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्यका वारेमा जनाकारी गराएको थियो ।

चितवनमै पहिलो पटक हुन भईरहेको एकायन कराते प्रतियोगितामा १५ जिल्लाका २ सय खेलाडीको सहभागिता रहने एसोसियसन चितवनका अध्यक्ष बासुदेब खत्रीले जनाकारी दिनुभयो ।

14793765_1113854842043858_717900611_n

प्रतियोगितामा १८ देखि २५, २५ देखि ५५ र किलो तौल समुह र त्यस माथी खुल्ला रुपमा महिला र पुरुषको छुट्टा छुट्टै प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक लालबहादुर लामाले बताउनुभयो ।

14800968_1113854855377190_970029945_n

दुई दिन सम्म चल्ने प्रतियोगितामा करिब ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

अहिले विभिन्न जिल्लाबाट रत्ननगर आएका खेलाडीहरुको व्यवस्थापनको लागि गर्नुपर्ने पूर्व तयारी, खेल मैदान व्यवस्थापन र प्रचारप्रसारको काम भईरहेको प्रचार प्रसार संयोजक विकास खनालले जानकारी दिनुभयो ।

.