रत्ननगरको डेगुं प्रभावित क्षेत्रमा सचेतना कार्यक्रम

pic-1

चितवन, ३ कार्तिक । डेँगु प्रभावित क्षेत्र रत्ननगरमा विद्यार्थीहरुले बुधबार सचेतना मुलक कार्यक्रम गरेका छन ।

स्काइराईडर आवासीय उच्च मावि अन्र्तगत रहेका नेपाल जुनियर रेडक्रस सर्कल,स्काउट ट्रुप,स्काइ हेल्थ क्लव र इको क्लवको सयुक्त आयोजनामा रत्ननगरको बजार क्षेत्र र वडा नं.२ र १२ मा सचेतना मुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरु घरघरमा पुगेर डेँगु ज्वरो लाग्न नदिन अपनाउनु पर्ने पूर्व सतर्कताका वारेमा नगरबासीलाई जानकारी गराउनुका साथै मार्ईकिङ तथा पर्चा वितरण गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए ।

pic-2

विद्यालयका सहायक प्राचार्य केशवराज पाठकले उद्ध्घाटन गरेपछि सुरु भएको सो कार्यक्रममा शिक्षक नायक विकास पुरी,शिक्षकहरु देबेन्द्र न्योपाने,कविता खनालले सहजीकरण गरेका थिए ।