त्रिशुली नदीमा भएको दुर्घटनाका सबैको पहिचान खुल्यो (हेर्नुहोस् नामसहित)

शिव आचार्य
चितवन, ०३ कात्र्तिक । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दाहखानी गाविसमा पर्ने रिग्दी खोला नजिकै गएराति भएको बस दुर्घटनामा मृत्यु भएकाको सबैको पहिचान खेुलेकोे छ । मृत्यु हुने रुपन्देही तिलोत्तमा न.पा.वडा नं.२० बस्ने बर्ष ३६ को जनक महत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भने धादिङको नलाङ्ग–६ बस्ने २२ वर्षीय राजु बिक वेपत्ता भएको छन् । यस्ते घाईते हुनेहरुमा रुपन्देही लुम्बिनि संस्कृत न.पा.वडा नं.१३ बस्ने बर्ष ३० को हरिराम चमार, धादिङ्ग सलाङ्ग गा.बि.स.वडा नं.५ बस्ने बर्ष ४२ को पहलमान सार्की, धादिङ्ग सलाङ्ग गा.बि.स.वडा नं.५ बस्ने बर्ष ३५ को काशीराम नेपाली, धादिङ्ग सलाङ्ग गा.बि.स.वडा नं.५ बस्ने बर्ष ३५ को कृष्ण नेपाली, धादिङ्ग सलाङ्ग गा.बि.स.वडा नं.७ बस्ने बर्ष ३८ को भगवती पाठक, धादिङ्ग नलाङ्ग गा.बि.स.वडा नं.६ बस्ने बर्ष २५ को कोपी बि.क., धादिङ्ग नलाङ्ग गा.बि.स.वडा नं.६ बस्ने बर्ष १९ को राजेश बि.क., धादिङ्ग नलाङ्ग गा.बि.स.वडा नं.६ बस्ने बर्ष १८ को सुव्वा बि.क. र धादिङ्ग नलाङ्ग गा.बि.स.वडा नं.६ बस्ने बर्ष १७ को रमेश बि.क. रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख वसन्त कुवँरले जानकारी दिए । untitled
घाइतेहरुको कलेज अफ भरतपुर मेडिकल साईनसेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब ९ः३० बजेको समयमा काठमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रूबाहक बस नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनको दाहाखानी–६ रिग्दी पुल नजिकैबाट त्रिशुलीमा खस्दा १ जनाको मृत्यु, ९ जना घाइते र एक जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट १५० मिटर तल त्रिशुली नदिमा खसेको र बसको आधा भाग त्रिशुली नदिमा डुवेको अवस्थामा रहेको छ ।