ईलाका प्रशासन कार्यालयमा सेवाग्राहिका लागि छैन शौचालय (तस्वीरसहित)

कात्तिक ३ नवलपरासी । नवलपरासीको कावासोतीमा रहेको ईलाका प्रशासन कार्यालयमा सेवा लिनका लागि पुग्ने सेवाग्राहिका लागि शौचालय नहुदा सेवाग्राही समस्यामा पर्ने गरेका छन ।
प्रशासन कार्यालय रहेको भुइँ तला र दोष्रो तला दुवैमा एक एक वटा शौचालय रहेको छ तर, उक्त शौचालय कर्मचारी बाहेक अरुले प्रयोग गर्न पाउदैनन । शौचालयमा ताला लगाएर राखिएको हुन्छ । कर्मचारीहरूले आवश्यक परे चाबि खोलेर प्रयोग गर्ने र बन्द गर्ने गर्दछन । जसले गर्दा सेवाग्राहिले समस्यामा पर्ने गरेको गुनासो गरेका छन ।22
‘राहादानी निर्माणको लागि आएको थिए,पिसाब लागेर शौचलय खोज्दै तलमाथि गरे ताला लगाएको रैछ,चाबि पनि देखिन हातमा फाईलनै बोकेर बाहिर शौचालय खोज्दै हिडे,एक त शौच गर्न नपाएर समस्या अर्को शौचालय खोज्दै बाहिर हिड्दा समयमा काम पनि भएन । ’ धौवादि २ जुकेपानीका वीर वहादुर मगरले भने ।
ईलाका प्रशासन कार्यालय पुग्ने जोकोही सेवाग्राहिहरूलाई शौचालय जानु पर्ने अवस्था आए अन्यत्रका पसल,होटल वा अरुको घरतिर शौचालय खोज्दै हिडनु पर्ने बाध्यता रहेको छ ।
कावासोती निवासी अर्का सेवाग्राहि गोदावरी काफ्लेले पनि आफ्नो व्यक्तिगत काम लिएर प्रशाशन जादा शौचालय प्रयोग गर्न नपाएर नजिकैको होटलमा पसेर नास्ता खाएर होटलको शौचालय प्रयोग ईलाका प्रशासन कार्यालय कावासोतीका अनुसार प्रशासन कार्यालयमा सरदर दैनिक असीदेखि एक सय जना सेवाग्राहिले प्रत्यक्ष सेवालिन आउने गरेका छन भने,उनिहरूसँगै आउने मानिसको संख्या पनि सोही अनुसार हुने गर्दछ । तर,यति धेरै सेवाग्राहि आउने सरकारी कार्यालयमा सेवाग्राहिका लागि नै शौचालय भने छैन ।
सेवाग्राहि मैत्रि कार्यालय छैन : प्रमुख घिमिरे
प्रशासन कार्यालयमा सेवाग्राहिका लागि शौचालय नभएको र भएका दुईवटा शौचालयमा पनि ताला लगाइएको बारेमा ईलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख पिताम्वर घिमिरेसँग बुझ्दा सुरुमा आफूलाई यस बारेमा केही थाहा नभएको बताए । पछि आफू सोही कार्यालयमा बस्ने हुदा कार्यालयको दोष्रेँ तलाको शौचालयमा भने सरसफाईमा समस्या हुने भएकाले ताला लगाउने गरेको र कर्मचारीले प्रयोग गर्ने गरेको स्वीकार गरे साथै तल्लो तलाको शौचालयमा लगाइएको ताला कर्मचारीलाई भनी खोल्न भने पनि पानी र सरसफाईको अभावमा ताला लगाएर राख्ने गरेको ती कर्मचारी बताए ।
घर भाडामा लिएर बसेको र घर भाडाको लागि धेरै बजेट नभएकाले भने जस्तो घर लिन नपाएकाले यस्तो समस्या भएको उनले बताए ।5
शौचालय देखि सेवाग्राहि मैत्रि कार्यालय नभएको स्वमं प्रमुख घिमिरेले स्वीकार गर्दै आफू सधैं सेवाग्राहि मैत्रि कार्यालय निर्माणको पक्षमा र सुधारको पक्ष्ँमा रहेकोले केही समयमा नयाँ घरमा सरेर वा हालको कार्यालय भवनलाई व्यवस्थित पारेर शौचालय व्यवस्थापन देखि सेवाग्राहि मैत्रि बनाउन लाग्ने उनले बताए । भवन संरचना जे जस्तो भए पनि भएको शौचालयको व्यवस्थापन र सरसफाईको प्रबन्ध मिलाउनु पर्ने आवश्यकता रहेको कार्यालय पुग्ने सेवाग्राहिहरूले बताउने गरेका छन ।
प्रशासन कार्यालयमात्र हैन बजार क्षेत्रका कतिपय अन्य संस्था देखि साना होटल र पसल व्ययायीले समेत शौचालय भए पनि चावि लगाएर राख्ने गरेका छन । उनीहरूका अनुसार शौचालय खुल्ला राख्दा कतिपयले शौचालय प्रयोग पछि राम्रोसँग पानी नहालिदिने, फोहर पारिदिने कारणले गर्दा पनि चावि लगाएर राख्नु पर्ने बाध्यता भएको बताउने गरेका छन ।
एकातिर नवलपरासी जिल्लानै खुल्ला दिशामुक्त घोषणा भएको छ भने अर्को्तिर प्रमुख सरकारी कार्यालयमानै सेवाग्राहिका लागि शौचालय छैन । खुल्ला दिशामुक्तको प्रमुख सुचक प्रत्यक घर,कार्यालय र सार्वजनिक ठाउमा पनि प्रर्याप्त मात्रमा शौचालय निर्माण हुनु हो । तर,यस मापदण्ड अनुसार कतिपय बजार क्षेत्र तथा सार्वजनिक ठाउमा शौचालय नहुनु,सेवाग्राहि बढिमात्रमा सेवा लिन पुग्ने ठाउमा शौचालय नहुनु आफैमा नाम मात्रको खुल्ला दिशामुक्त घोषणा होकि भनेर कति पय व्यक्तिहरूले प्रश्न समेत उठाउदै आएका छन ।
कावासोती बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव
कावासोती बजार क्षेत्रमा पनि शार्वजनिक शौचालयको अभाव देखिएको छ । नगरपालिका अन्र्तगत हाल कावासोतीको फलफुल चोकमा कावासोती खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले निर्माण गरेको र त्यही शौचालय नजिकै रेडक्रस कार्यालय हाता भित्र कावासोती नगरपालिकाको सहयोगमा रेडक्रस कार्यालयले शार्वजनिक शौचालय निर्माण गरेको छ । एक त दुवै शार्वजनिक शौचालय एकै क्षेत्रमा रहेका छन भने दुवै शार्वजनिक शौचालय कावासोती बजारको सबैभन्दा छेउमा रहेको छ । हाल बजार क्षेत्र बिगतको तुलनामा बिस्तार हुदै गएको छ भने मानिसको चाप पनि बजारमा धेरै हुने गरेको छ ।44
कावासोतीको फलफूल चोक,थाना चोक,इन्द्र चोक,सभापति चोक,फिल्महल चोक देखि थकाली चोक सम्मनै अहिले बजार बिस्तार हुदै गएको छ भने सोही अनुसार बजारमा मानिसको चाप समेत बिस्तार हुदै गएको छ । हाल रहेको शार्वजनिक शौचालयले फलफुल चोक आसपासमा पुग्नेहरूको लागि सुविधा पुगेपनि बजारक्षेत्रका अन्य भागमा पनि सार्वजनिक शौचालयको आवश्यकता देखिएको कतिपयले बताउने गरेका छन ।
बजार बृदि हुदै गएको र मानिसको चाप पनि बढदै गएकाले बजारका अन्य क्षेत्रमा पनि शौचालय निर्माण गर्दै जानु नितान्त आवश्यक देखिएको र भोलिका दिनमा शार्वजनिक शौचालयको आवश्यकता टडकारो समस्याको रुपमा देखिन सक्ने भन्दै यस तर्फ समयमै नगरका सरोकार वालाको पनि ध्यान पुग्न आवश्यक रहेको नगर विकास समितिका अध्यक्ष नारायण तिमील्सिनाले बताए ।
बजारको अन्य क्षेत्रमा शौचालय बनाउन बजेटकोभन्दा पनि सार्वजनिक ठाउको अभाव रहेको नगर विकास समितिका अध्यक्ष तिमील्सिनाले बताए । बजारका अन्य क्षेत्रमा जनख्याको चाप बढेकाले शौचालयको आवश्यकता देखिएको छ,तर यस क्षेत्रमा सार्वजनिक जग्गाको अभाव छ,निजि जग्गा भएपनि किन्नु पर्ने आवश्यकता छ यसमा कावासोती नगरपालिकाले पनि समयमानै ध्यान दिनुपर्ने उनले बताए ।
बजार क्षेत्रका लागि घुम्ति शौचालय बिकल्प हुन सक्छ
कावासोती बजार क्षेत्रमा बढदो जनसख्यालाई मध्यनजर गर्दै घुम्ति शौचालयको व्यवस्थापन गर्न सकिने स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका कावासोतीका स्थानीय राजु पोख्रेलले बताए । शार्वजनिक जग्गाको अभाव भए देखि घुम्ति शौचालयको व्यवस्था गने सके बजारका अन्य क्षेत्र आउने सर्वसाधारणका लागि सहज हुने थियो ।

.