टुवोर्ग विकाश रनिङमा भारतलाई हराउँदै मनाङ क्वाटरफाईनलमा

कार्तिक ३ चितवन । चितवन नारायणघाट क्याम्पा चौरमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मस्याङदी क्लव क्वाटरफाईनलमा प्रवेश गरेको छ ।14633518_1403674252993723_3479116522837751576_o
आज विहान भएको खेलमा युनाईटेड क्लव सिवान भारतलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बलियो टिमका रुपमा मनाङ क्वाटरफाईनलमा प्रवेश गरेको प्रचार प्रसार उपसमितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए । मनाङ्गले सेमीफाईनल प्रवेशका लागि चितवन ११ संग प्रतिस्पर्धा गर्ने छ ।
पहिलो र दोस्रो हाफमा मनाङले समान २–२ गोल गरेको थियो । उसका लागि वला वाले २, बिमल बस्नेत र साजन महर्जनले समान एक–एक गोल गरेको उनले बताए । प्रतियोगिताको २४ औं मिनेटमा वला वाले आकर्षक गोल गर्दै मनाङलाई अग्रता दिलाएको थियो । त्यसको दुई मिनेटमै बिमल बस्नेतले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । खेलको ५५ औं मिनेटमा वला वालेले पुनः एक गोल गरे भने ८६ औं मिनेटमा साजन महर्जनले एक गोल गरे । खेलमा सिवानका कप्तान जनक कार्की अन्तिम समयमा रातो कार्ड खाँदै बाहिरिएका थिए । खेलमा मनाङका वला वाले म्यान अफ दि म्चाच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा दिउँसो २स्३० बजे नेपाल प्रहरी र झापा ११ बीच प्रतिस्पर्धा हुदै छ ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङदी क्लव काठमाण्डौं, हिमालयन शेर्पा क्लव, संकटा क्लव, विभागि टिमहरु नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, सिक्कम–११ भारत, एपेक्स फुटबल क्लव कालिमपोङ भारत, युनाईटेड खर्साङ फुटबल क्लव भारत, युनाईटेड क्लव सिवान भारत, झापा ११, हिमालयन युथ क्लव कैलाली, मोरङ फुटबल क्लव, साहारा क्लव पोखरा र चितवन–११ को सहभागिता रहेको छन् ।