मुग्लिन–नारायणगढ सडकखण्डका बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

विनोद श्रेष्ठ
कार्तिक ०३ चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दाहखानी गाविसमा पर्ने रिग्दी खोला नजिकै गएराति भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुने धादिङको नलाङ्ग–६ बस्ने २२ वर्षीय राजु बिक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । accident-photoगएराति करिब ९ः३० बजेको समयमा काठमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रूबाहक बस नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनको दाहाखानी–६ रिग्दी पुल नजिकैबाट त्रिशुलीमा खस्दा १ जनाको मृत्यु, ८ जना घाइते भएको प्रहरीले जनाएका छन् । जस मध्ये गम्भीर घाईते एक जनालाई उपचारका लागि काठमाडौं ल्याईएको छ भने अन्य घाइतेको कलेज अफ भरतपुर मेडिकल साईनसेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट १५० मिटर तल त्रिशुली नदिमा खसेको र बसको आधा भाग त्रिशुली नदिमा डुवेको अवस्थामा रहेको छ ।