बिजुली बाल्न नपाउदै करेण्ट लागेर वृद्धाको मुत्यु

चितवन, ०३ कात्र्तिक । चितवनको ग्राण्मि भेग माडी नगरपालिकामा करेण्ट लागेर एक वुद्धको आज विहान ९ बजे मुत्यु भएको छ । माडी घरमा बुजी पुग्न नसेकेको अवस्थामा भेलरको रुखका हाँगा काट्ने क्रममा नाँगो तारमा छोइएपछि करेण्ट प्रवाह भएपछि उनी रुखबाट भूईमा खसेको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ । घरमा बत्ति बाल्ने सपन ाबनेका उनको बजुली घरमा बाल्न नपाएपनि बिजुलीले नै ज्यान लगेको स्थानियले बताए ।
बाख्रालाई घाँस काट्ने क्रममा करेण्ट लागरे माडी–२ धुव्रटोलका ६२ वर्षिय वेचन महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । भूईमा ढुङगामा ठोकिएर गम्भीर घाइते बनेपछि नजिकैको घरमा पु¥याएलगत्तै उनको ज्यान गएको बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जीयनर राजेन्द्र प्रसाद पौडेलले हाइटेन्सन नजिकका रुख तथा हाँगा काट्दा विद्युत प्राधिकरण तथा प्राविधिकको सल्लाह लिन सबैलाई अनुरोध गरे । हाइटेन्सन नजिकको नाँगो तार नजिकैका रुखहरुले गर्दा जोखिम बढेको उनले बताए ।